योञ्जनलाई गाउँपालिका अध्यक्ष जिम्बाद्धारा एक लाख बढी सहयोग हस्तान्तरण

उज्यालो प्रतिनिधि १७ भाद्र २०७७, बुधबार फोटो समाचार

विजय जिम्बा, काभ्रे । आर्थिक अभावका कारण थप उपचार गर्न नसकिरहेका जिल्लाको महाभारत गाउँपालिका–३ स्थित सोलिगोप्टेका कान्छालाल योन्जनलाई आर्थिक सहयोग गरेका छन् । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले काठमाडौँस्थित रहेको नेपाल नेशनल अस्पातलमा पुगेर १ लाख १२ हजार ८ सय रुपैँया रकम हस्तान्तरण गरेका हुन् ।

अध्यक्ष जिम्बाद्धारा हस्तान्तरण गरेको रकम रोजगारीको सिलसिलामा मलेसियामा रहेका राकेश भोलन र विजय थिङको पहलमा संकलन भएको १ लाख २ हजार ८ सय र अध्यक्ष जिम्बा स्वयंमले ५ हजार रुपँया र महाभारत कन्ट्रक्सनतर्फबाट सुजन लामा र तस्वीर योञ्जनले संंयुक्त रुपमा ५ हजार रुपैयाँ गरी एकमुष्ट १ लाख १२ हजार ८ सय रुपैँया बिरामीको दाजुलाई हस्तान्तरण गरिएको थियो ।

सहयोग रकम हस्तान्तरण गर्न अस्पताल पुगेका अध्यक्ष जिम्बाले बिरामीको उपचारमा आर्थिक सहयोगको लागि पहल तथा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै बिरामी योञ्जनको शिघ्र स्वास्थ्य लाभ कामनासमेत गरे को थियो । त्यस्तै अध्यक्ष जिम्बाले गाउँपालिका तथा अफ्नो व्यक्तिगत रुपमा गर्न सक्ने र गर्नु पर्ने साथ तथा सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

गत श्रवण २७ गते बाख्रा चराउन जाने क्रममा भीरबाट लडेर गम्भीर घाईते भएको उनको काठमाडौँस्थित उपचार भैरहेको छ । टाउको र खुट्टाको तिघ्रामा गहिरो चोट लागेपछि स्थानीय बान्सिन्दमार्फत उपचारका लागि जिल्ला अस्पताल ल्याइएको योन्जनलाई जिल्ला अस्पताल धुलिखेलले जिल्लामा कोरोना भाइरसको कारण उपचार गर्न नसकिने बताएपछि वीर हस्पिटलमा रिफर गरिएको थियो । तर त्यहाँ आइसियु खाली नभएपछि वीर अस्पतालबाट पनि कलंकीको नेपाल नशनल अस्पतालमा रेफर गरेको थियो ।

घाइते योन्जनको टाउको र खुट्टाको अप्रेसन भए पनि पुर्ण रुपमा ठिक नभएको कारण पुनः फेरि अप्रेसन गर्नुपर्ने भए पछि आर्थिक समस्याको कारण उपचार हुन सकिरहेको थिएन । हाल उपचारको लागि सहयोग रकम जुटिरहेका छन् ।

रकम हस्तान्तरण गर्न अध्यक्ष जिम्बासँगै समाजसेवी तथा युवा नेता सुजन लामा, अमृत योञ्जन, तस्वीर मोक्तान, रिजन मगर लगायतको अस्पताल पुगेका थिए ।

 

अध्यक्ष जिम्बाद्धारा व्यक्तिगत सहयोग
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले व्यक्तिगत रुपमा बिरामी योञ्जनलाई आर्थिक सहयोग गरेको छ । उनले रोजगारीको सिलसिलामा मलेसियामा रहेको महाभारत तथा अन्य जिल्लाका सहयोगी मनहरुबाट संकलन गरी पठाएको रकम हस्तान्तरणको लागि अस्पातल पुगेका अध्यक्ष जिम्बाले व्यक्तिगत रुपमा ५ हजार सहयोग गरेको हो । त्यस्तै महाभारत कन्ट्रक्सनको तर्फबाट सुजन लामा र तस्वीर मोक्ताननले संयुक्त रुपमा ५ हजार सहयोग गरेका थिए ।

‘सेवा नै धर्म हो’ र भजन गाउने ओठहरु भन्दा सेवा गर्ने ती हातहरु महान हुन्छन्’ मुल उद्देश्यका साथ आर्थिक समस्याका कारण उपचार नै रोकिरहेको योञ्जनलाई आफुको एक छाक काटाएर भए पनि सहयोग गरेको रकम संकलन अभियनको लागि पहल गर्नेहरुको भनाई छ ।

सहयोगका लागि बिरामीका दाजु सम्पर्क नम्बर (९८६६४४३२०४,९८८०० मा सम्पर्क गर्न सक्नु हुनेछ ।

 

 

 

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार