मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु

उज्यालो प्रतिनिधि १४ भाद्र २०७७, आईतवार समाचार

महोत्तरी । महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा पर्ने निगौल गाउँमा आज मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका–२ निगौल गाउँ बस्ने ६० वर्षीय वृद्ध उपेन्द्र मण्डल रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताए ।

गौशालाबाट–सम्सीतर्फ जाँदै गरेको ज ७ प २८७७ नम्बरको मोटरसाइकलले बाटोमा हिड्दै गरेका वृद्ध मण्डललाई ठक्कर दिँदा गम्भीर घाइते भएपछि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो । मण्डलको शव परीक्षणका लागि जनकपुरमै राखिएको छ । ठक्कर दिने मोटरसाइकलसहित चालक प्रहरीको नियन्त्रणमा छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार