एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको ज्यान गयो

उज्यालो प्रतिनिधि १४ भाद्र २०७७, आईतवार समाचार

पोखरा । स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । आइतबार विहान स्याङ्जाको वालिङबाट चापाकोट जाँदै गरेको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स वालिङ नगरपालिका-५ को मजकोटमा दुर्घटना हुँदा २ पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चापाकोट नगरपालिका-९ का ३५ वर्षीय भानुभक्त गैह्रे र चापाकोट-१० का २५ वर्षका श्याम पंगेनी छन् । दुर्घटनामा चापाकोट नगरपालिका-९ का ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी, २८ वर्षीय पवित्रा पोखरेल घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका दुवैलाई प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचार पश्चात थप उपचारको मनिपाल शिक्षण अस्पताल लगिएको डिएसपी अधिकारीले बताए ।

काठमाडौंमा बिरामी छोडेर फर्केको एम्बुलेन्स सडकबाट अन्दाजी २५० मिटर तल खसेको बताइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार