सरकारमा तामाङ प्रतिनिधि समावेशको सन्दर्भ

१२ भाद्र २०७७, शुक्रबार १९:२७ मा प्रकाशित

दावा तामाङ/

सदियौंदेखि हामी तामाङ समुदाय सामन्ती उच्च जातीय राज्यसत्ता र बाहिरी शक्तिकेन्द्रहरुको हस्तक्षेपबाट उत्पीडन, शोषण, अन्याय, अत्याचारमा पर्दै आयौं । नेपालको मध्यपहाडी क्षेत्रमा अनादीकालदेखि नै वसोवास गर्ने हामी तामाङ जनजातीले नै यस क्षेत्रलाई वस्न योग्य वनायौं । हाम्रो आफ्नै भाषा, सांस्कृति, सभ्यता र राज्य समेत थियो तर कहिले युद्ध र कहिले षडयन्त्रपुर्ण ढंगले विभिन्न समयमा हाम्रो राज्य खोसीयो । आफैले बस्न योग्य वनाएको भूमि र राज्य खोसीएपछि हामी आफ्नै भुगोलमा निर्वासित जीवन विताउन बाध्य भयौं । कथित एउटै भाषा, एउटै सांस्कृति, एउटै धर्मको नाममा हाम्रो अस्तित्व समाप्त पार्न सामन्ती सत्ताले उत्पीडनको जाँतोभित्र अमानविय ढंगको शोषण ग¥यो । हुन त हाम्रो पुर्खाले आफ्नो मुक्तीको लागी पटक–पटक संघर्ष नगरेका पनि होईनन् । सत्ता खोसीएर भिर, कन्दरा, खोरीया, खर्कमा निर्वासित जीवन विताउँदा त्यही कविलाई खालका साना–साना सत्ताहरु निर्माण गरिन्थ्यो । चाहे, त्यो काभ्रेपलाञ्चोकको तिमाल होस्, चाहे त्यो मकवानपुरको वेतिनी, चाहे त्यो धादिङको सेमजोङ होस्, चाहे त्यो रसुवाको गोल्जुङ, चाहे त्यो नुवाकोटको ककनी होस्, चाहे त्यो अन्य जिल्लाका विभिन्न दर्जनौ स्थानहरुमा किन नहोस्, सामन्ती सत्तासँगको छिना झपटीमा पछिसम्म पनि ति सत्ताहरु अस्तित्वमा रह्यो । पृथ्वीनारायण शाहाको राज्य एकिकरण र उनले अपनाएको जाल, झेल, षडयन्त्रपछि हाम्रा स–साना किपट, कविलाई प्रकारको राज्य वा सामाजीक सत्ताहरुको लगभग अन्त्य भयो ।

इतिहासमा हाम्रा पुर्खाहरुले गरेका संगठीत, असंगठीत, छापामार संघर्षहरुले सामन्ती सत्तालाई हायल कायल त पा¥यो तर मुक्तिको औचित्य सावित गर्न सकेन । यता सामन्ती सत्ताले तामाङलाई झनै तीव्र उत्पीडन मच्चायो । सेना, प्रहरी, कर्मचारी लगाएत राज्यको कुनै पनि क्षेत्रको अवसरहरुबाट पुर्ण रुपमा वञ्चित ग¥यो । २००७ सालको परिवर्तनपछि तामाङ जाती संगठित हुन पुगे । जसको फलस्वरुप २०१६/०१७ सालमा धादिङको दार्खा÷खनियावासबाट किसान÷तामाङ विद्रोह भड्कीन पुग्यो । यो कविलाई सत्ता खोसीएपछिको ठुलो विद्राह थियो । त्यसलाई सेना र प्रहरीद्वारा दमन गरियो । त्यस विद्रोहलाई सहि विचार र नेतृत्वको अभावमा ‘लुटपाटको रुपमा वदलिएको भनि इतिहासकारले व्याख्या गरेको पाईन्छ । २०४६/०४७ सालको परिवर्तन पछि २०५२ सालमा सुरु भएको जनयुद्धले सदिऔंदेखि वर्गीय, जातिय, क्षेत्रीय, लिङ्गीय उत्पीडन र सामन्तवादका विरुद्ध धावा बोल्यो । माओवादीले उठाएको स्वशासन, आत्मनिर्णयको अधिकार र वर्गिय मुद्दाले देशै भरका उत्पीडित जनसमुदयहरु उत्साहीत हुँदै जनयुद्धमा सहभागी हुन पुगे । मध्ये पहाडी भुगोलका हामी आदीवासी तामाङ लगाएत उत्पीडित जनसमुदायहरु इतिहासमा खोसीएको आफ्नो पहिचान सहितको अधिकार प्राप्त गर्न उत्साहका साथ सकृय रुपमा जनयुद्धमा सहभागी भयौं । सयौं तामाङ नेताहरुको उच्च वलिदानी हुन पुग्यो । जसको कारण आज जनयुद्ध र विभिन्न राजनैतिक आन्दोलनहरुको जगमा समानुपातिक, समावेसी सहित संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण भएको छ । तर प्रदेशहरुको निर्माण गर्ने क्रममा उत्पीडीत वर्ग, जाती, क्षेत्रको पहिचान सहितको नामाकरण भने हुन सकेन । वागमती प्रदेशको १३ जिल्लामध्ये ९ जिल्लामा तामाङ र ३ जिल्लामा नेवार जातीको वाहुल्यता छ भने १ जिल्लामा मिश्रीत अवस्थाको छ । पहिलो जनसंख्या तामाङ रहेको यस प्रदेशमा २०६८ को जनगणना अनुसार ५१,४७,५१८ जनसंख्या रहेको छ । तामाङहरुको रसुवामा ६८.७८ प्रतिशत, मकवानपुरमा ४७.८ प्रतिशत, नुवाकोटमा ४२.८४ प्रतिशत, सिन्धुपाल्चोकमा ३४.४२ प्रतिशत, काभ्रेपालाञ्चोकमा ३४.१ प्रतिशत, सिन्धुलीमा २६.९ प्रतिशत, धादिङमा २२.०९ प्रतिशत, रामेछापमा १९.२ प्रतिशत, दोलखामा १८.८ प्रतिशत, भक्तपुरमा १४.२ प्रतिशत, चितवनमा १३.२ प्रतिशत, ललितपुरमा १३.१ प्रतिशत, काठमाण्डौंमा ११ प्रतिशत वसोवास रहेको छ ।

समावेशी, समानुपातीक सहितको सुधारिएको संसदीय व्यवस्थाद्वारा समाजवादमा पुग्ने संझौता अनुसारको गतिशिल संविधान निर्माण भएको छ । समाजवादी उद्देश्य पुरा गर्नको लागि ठुला दुई कम्युनिष्ट पार्टीको एकिकरण गरी तीन तहको सरकार कम्युनिष्टको बनाउन सफल भएको छ । विचार र कार्यदिशालाई थप विकास गर्दै सवै कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध गर्ने क्रम जारी छ । यो क्रम उत्पीडीत वर्ग, जाती, लिङ्ग, क्षेत्र, मधेसी, पिछडा वर्ग, अल्पसंख्यकको मुक्तीका लागि महान अभियान हो । हामी तामाङ जातीहरु पार्टीको यो अभियानप्रति पुर्ण विश्वस्त छौं । स्थानीय तह, प्रदेश सरकार, केन्द्रिय सरकार र राज्यको अन्य निकायहरुमा महिला, दलित, जनजाती, अल्पसंख्यक जातिहरुको सहभागीता संघीय लोकतान्त्रिक गणतन्त्रको सुन्दर पक्ष हो । यसलाई अझै सुदृढ गर्न आवश्यक छ ।

आज पार्टी अध्यक्ष के पि शर्मा ओलीकै नेतृत्वमा सरकारको पुर्नगठन हुँदै छ । यस सन्दर्भमा अध्यक्षद्वय के पी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा पार्टी केन्द्रलाई वागमती प्रदेशका हामी तामाङ समुदायको तर्फबाट पुर्नगठित सरकारमा समावेसी सहभागीता गर्ने विषयमा जोडदार ध्यानाकर्षण गराउन चाहान्छौ । वागमती प्रदेशको नाम ‘नेवा–तामसालीङ’ राख्नेमा सहमति जुटाउन सकेको भए पहिचान सम्वन्धि रुप पक्षबाट उठ्न सक्ने र उठाईने अन्य संघर्षहरुलाई त्यसले निस्तेज पाथ्र्यो । त्यसको पुनः मुल्यांकन गर्नै पर्छ । आज वागमती प्रदेशलाई हेर्दा ३३ वटा निर्वाचन क्षेत्रमध्ये तामाङ समुदायका तीन निर्वाचन क्षेत्रबाट मात्र मानीय हित बहादुर तामाङ, माननीय शेर बहादुर तामाङ र माननीय गंगा बहादुर तामाङ ‘वमध्वज’ले विजय हासील गर्नु भएको छ । हामी तामाङ समुदायको तर्फबाट उहाँहरु मध्ये कुनै एक वा उहाँहरु तीनै जनालाई सरकारमा सहभगी गराइयोस् भन्ने हाम्रो जोडदार माग रहेको छ ।

माननीय हित बहादुर तामाङले नुवाकोट क्षेत्र नं. १ मा नेपालको सवै भन्दा वढी समय अर्थमन्त्रीको भुमिका निर्वाह गर्नु भएका नेपाली कांग्रेसका नेता रामशरण महतको लामो एकलौटी विरासतलाई तोडेर विजय हासील गर्नु भयो । उहाँले १० वर्षे जनयुद्धको क्रममा तामाङ जनजातीको मात्र होइन । यस क्षेत्रका उत्पीडीत वर्ग, जाती, लिङ्ग, क्षेत्रको प्रतिनिधित्व गर्दै दुश्मनको दमन, जेल, नेलको प्रवाह नगरी इमान्दारीताका साथ नेतृत्वदायी भुमिकानि भाउनु भएको कुरा कसैबाट पनि छिपेको छैन । पार्टीको जिम्वेवरीको हिसावले हेर्दा जनयुद्धकालदेखि नै कुनै न कुनै रुपमा यस क्षेत्रको नेतृत्व गरी रहनु भएको छ । हाल वागमती प्रदेशको सह–इञ्चार्ज समेत हुनु भएकोले अब हुने पुर्नगठित सरकारमा उत्पीडीत तामाङ र नुवाकोट जिल्ला मात्र होईन यस प्रदेशकै उत्पीडीत जनसमुदायको प्रतिनिधित्वको रुपमा मन्त्री मण्डलमा सहभागी गराइनु पर्छ भन्ने हाम्रो जोडदार माग रहेको छ ।

उहाँको सहभागीताले एक हदसम्म ‘नेवा–तामसालीङ’ पहिचानको मनोविज्ञान, नुवाकोटको सामन्ती विरासतलाई परास्त गर्दा पैदा भएको उत्साहलाई कायम राख्ने मनोविज्ञान, सरलता र इमान्दारीताको रक्षा गर्ने मनोविज्ञान र समावेसिताको मनोविज्ञानको सम्वोधन हुने छ । पार्टी केन्द्रदेखि प्रदेश र जिल्लासम्म सवैको ध्यान जाहोस् ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार