बितेको २४ घण्टामा प्रदेश २ मा ८ कोरोना संक्रमितको मृत्यु

११ भाद्र २०७७, बिहीबार २०:३४ मा प्रकाशित

काठमाडौं– प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट आठ जनाको मृत्यु भएको छ भने १ सय २४ जना नयाँ संक्रमित थपिएका छन्।

प्रदेशको समाजिक विकास मन्त्रालयले बिहीबार जारी गरेको तथ्यांकअनुसार सो अवधिमा बारामा पाँच, पर्सामा दुई र धनुषामा एक गरी आठ जनाको कोरोनाको कारण मृत्यु भएको हो। प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ।

साथै सोही अवधिमा सप्तरीमा ३२, सिरहामा चार, धनुषामा ३७, महोत्तरीमा ६, सर्लाहीमा तीन, रौंतहटमा ६, बारामा १० र पर्सामा २६ गरी १२४ जना नयाँ संक्रमित थपिएको हो। अब कूल संक्रमितको सङ्ख्या ९ हजार ५५१ पुगेको छ। सोमध्ये बिहीबार ५७ जनासमेत गरी ४ हजार ४९६ जना उपचार गराएर घर फर्केका छन्।

यसैबीच, यस प्रदेशअन्तर्गत १९६ क्वारेन्टिनस्थलमा ८१२ जना बसेका छन् भने होम क्वारेन्टाइनमा २ हजार ५५४, आइसोलेसनमा १ हजार १२१ र होम आइसोलेसनमा ३ हजार ८६२ जना बसेका छन्। रासस

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार