प्रहरी हिरासतमा रहेका युवकको मृत्यु, स्थानीयद्धारा प्रहरी कार्यालय घेराउ

११ भाद्र २०७७, बिहीबार १९:११ मा प्रकाशित

रौतहट । रौतहटको गरुडामा प्रहरीको हिरासतमा रहेका एक युवकको उपचारको क्रममा मृत्यु भएपछि बिहीवार गरुडा तनावग्रस्त बनेको छ।
कर्तव्य ज्यान मुद्दामा अभियोग लागि पक्राउ परेर हिरासतमा रहेका रौतहट बिजय रामको उपचारको क्रममा बीरगन्जस्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

गत साउन ३२ निरञ्जन राम हत्याकाण्डको आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका बिजय रामको मृत्यु भएपछि स्थानीय र आफन्तहरु प्रहरीको दमन तथा निर्घात कुटपिटबाट मृत्यु भएको भन्दै इलाका प्रहरी कार्यालय गरुडा अगाडि प्रहरी प्रशासनविरुद्ध चर्को नाराबाजी गर्दै बिरोधमा उत्रिएका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ईलाका प्रहरी कार्यालय गरुडा अगाडि प्रदर्शन गरिरहेका छन्। प्रहरीले मुख्य दोषीलाई जोगाउन यातना दिएका कारण विजयको ज्यान गएको सहभागीहरुको आरोप छ । स्थानियहरु ठुलो संख्यामा जम्मा भएर प्रहरी कार्यालय गेट अगाडि धर्न दिएर प्रदर्शनमा उत्रिएका हुन्।

हिरासतमा रहेका विजयको ज्यान गएपछि सिङ्गो गाउँ नै प्रहरीविरुद्ध चर्को नाराबाजी गर्दै घटनाको निष्पक्ष छानबिन गर्दै दोषीलाई कारबाही गर्न प्रदर्शनकारीहरुको माग रहेको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार