अख्तियारले थाल्यो अनुसन्धान

१० भाद्र २०७७, बुधबार १५:२९ मा प्रकाशित

काठमाडौं। प्रदेश नम्बर ५ को प्रदेशसभामा अनियमता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले छानबिन सुरु गरेको छ ।

प्रदेशसभामा गाडी मर्मतमा अस्वाभाविक बिल आएको विषयमा छानविन थालिएको अख्तियारको बुटवल कार्यालयले जनाएको छ ।
गत वर्ष गाडी खरिद प्रकरणले हंगामा भएको प्रदेश ५ को प्रदेशसभामा हिजोआज गाडी मर्मतको बिल अस्वाभाविक बनाउनेदेखि नियमविपरीत घरभाडा लिनेसम्मका काम भएको भन्दै प्रदेशसभा सार्वजजिक लेखा समितिले पनि प्रदेशसभा सदस्य बैजनाथ कलावरको नेतृत्वमा छानविन गर्नको लागि एक उपसमिति बनाएको छ ।

प्रदेशसभामा रहेका गाडी मर्मतबापत यो आर्थिक वर्षमा ४५ लाख रुपैयाँको बिल आएको छ । विलमा गत बर्ष भन्दा धेरै आएको देखिन्छ । गतबर्ष पनि प्रदेशसभामा गाडी खरिद प्रकरणमा बजार मूल्य भन्दा धेरै रकमा खरिद गरेको भन्दै लेखा समितिले झन्डै ६० लाख रुपैयाँ कम्पनीलाई दिनबाट रोकेको थियो ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार