विश्व सहकार्यद्वारा कोभिड–१९ को सामना गरौं

१० भाद्र २०७७, बुधबार ११:०५ मा प्रकाशित

–इन्द्र गौतम (जगतजंग)/
निर्जीव र सजीवहरुको संयोजन नै प्राकृति हो । सजीवको गतिशीलता र प्राकृतिसँगको संघर्षले क्रमिक रुपमा हजारौ र लाखौ पटकको जेनेटीकल्ली रुपान्तरणले आजको चेतनशील प्राणी मन्छेको विकास भएको हो । आज उसले प्राकृतिसँग संघर्ष र प्राकृति सम्पदाको उपयोग गरेर ठुला–ठुला चमत्कार समेत गरेको छ । यो क्रम निरन्तर जारी रहन्छ । अब हुने जेनेटीकल्ली परिवर्तनले मान्छे अर्को विकसित र चेतनशील नयाँ प्राणीमा वदलिने छ । हामीलाई थाहा छ पृथ्वीका ठुला–ठुला उताड, चडाव, भूकम्प, विपत्ति आदिद्वारा कयौं पटक समुन्द्र उठ्ने र पृथ्वी भासीने प्रकृयालाई मान्छेले व्योहरेको छ । ठुल्ठुला रोग, व्याधीको महामारीबाट कयौं पटक झण्डैं अधिकांस मान्छेहरु सर्वनास हुँदै केहि वाँचेकाबाट फेरी त्यस्ता महामारीबाट शिक्षा लिदै सृष्टीको सुरुवात भएको अनगिन्ती श्रृखला हामीसँग छ । विगत केहि हजार वर्ष यता हामीले त्यस्ता खालका ठुला विपत्तिहरु व्योहर्न परेको छैन । साना÷साना तर खतरनाक विपत्तिहरु भने हामीमाझ आईरहेकै छ । ति खतरनाक विपत्तिहरुको सामन गर्दा नै मान्छेले नयाँ विचार र विज्ञानको थप विकास गर्न सफल हुँदै आएको छ ।

आज विश्व कोरोना भइरसको आतंकमा छ । हुनत मान्छेले प्रत्येक शताव्दीमा आउने रोग, व्याधी र प्राकृति प्रकोपको सामना गर्दै आएको इतिहास हामीसँग छ । लोकान्तर अनलाईनका अनुसार सन् १७२० मा फ्रान्सको मार्से शहरमा ब्युवोनीकप्लेग रोग महामारीको रुपमा फैलियो । जसले २ वर्षका अवधीमा १ लाख जति मान्छेको ज्यान लियो । सन् १८०१ मा देखा परेको यलो फिवरले हैंटीमा ४७ हजार सेनाको मृत्यु भयो ।सन १८२० मा थाइल्याण्ड, फिलिपीन्स, इन्डोनेसीयामा हैंजा रोगको महामारी फैलियो । जसले लाखौं मान्छेको ज्यान लियो । सन् १८८८ देखी १८९६ सम्म देखा परेको यनिमलप्लेग रोगले अफ्रीकामा लाखौं मान्छेको ज्यान लियो । सन् १९१८÷२० मा विश्व भरी फैलिएको स्पेनीस फ्लु रोगको महामारीले ५० करोड मान्छेमा संक्रमीत गराई करोडौं मान्छेको ज्यान लियो । यो अत्यन्तै खतरनाक प्राणघातक महामारी रोग थियो । यि रोगहरुलाई नियन्त्रणमा लिन मान्छेले विज्ञानको प्रयोग गरी भ्याक्सीन लगाएत औंषधीको खोजी तथा विकास गर्दै आएको छ ।

आज सन् २०१९ को अन्तीम देखी चीनको वुहान प्रान्तवाट सुरु भएको नोवेल कोरोना भाइरस (कोभिड–१९)ले विश्व भरी करोडौंमा संक्रमण फैलाइ लाखौंको ज्यान लिइ सकेको छ । यो रोग महामारीको रुपमा विश्वव्यापी फैलिदै छ । चीन, इटली, अमेरीका, दक्षीण कोरीया, भारत, नेपाल लगाएत विश्व भरी नै फैलिदै गएकोे यो प्रणघातक रोगले आज ठुलो आतंक र भयावहको स्थिती श्रृजना गरेको छ । नियमित ज्वरो आउनु, रुगा लाग्नु, सुख्खा खोकी लाग्नु, दम र निमोनिया हुनु, श्वाश–प्रश्वाशमा समस्या देखीनु आदि यस रोगको लक्षणहरु हुन् । कोरोना भइरसको औषधी र एन्टी भाइरस भ्याक्सीन पुर्ण रुपमा नवनेकोले उच्च सतर्कता र सजकता अपनाउनु वाहेक हामीसँग कुनै विकल्प छैन । यसको उपचार भनेको आफै हो । आतंकीत नभई आफै सचेत हुनु, तातो पानी पिउनु, माक्स लगाउनु, भिडभाडमा नजानु, सामाजिक दुरी कायम राख्नु, हातलाई नियमीत सावुन पानीले धुनु, स्वक्वरेन्टाइनमा वस्नु, थर्ममीटरत्रबाट आफ्नो तापक्रम आफै नाप्नु, रोग प्रतिरोधात्मक खानेकुराहरु सेवन गर्नु आदि नियमलाइ पालना गर्ने हो भने यो महामारीलाई नियन्त्रण गर्न सकिन्छ ।

आजको विश्व पुँजिवादी व्यवस्थाले गरेको प्राकृतिकमाथीको अराजक अतिक्रमणले विश्व वातावरणमा ठुलो नकारात्मक प्रभाव पारेको छ । जसको कारण ठुला–ठुला प्राकृतिक प्रकोप, ठुल–ठुला रोग–ब्याधी र महामारी देखा परेको छ । आज मानव जाती माथी नै संकट पर्ने गरी विश्वव्यापी रुपमा फैलिई रहेको कोरोना भाईरस वातावरण माथीको अराजक हस्तक्षेप कै कारण देखा परेको हो । कोभीड– १९ भाइरसले विश्वमा ठुलो तरंग र आतंक फैलाएको छ । अमेरीका लगाएतका पश्चिमा देशहरुले यस्तो मानवीय विपत्तिको विषयलाई चाइनीज भाइरस भनी अफवाह फैलाउनु अत्यन्तै निन्दनीय कुरा हो । यस्तो विषम परिस्थितीमा हामी वादविवादमा फस्नु, एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउनुको कुनै तुक छैन । अब हाम्रो सामु यस्तो भयावहको स्थिती तयार भयो की यस विषम परिस्थितीको सामना गर्नु वाहेक हामीसँग अर्को विकल्प छैन । अब प्रत्येक देशले चीन, दक्षिण कोरीया, अष्टेलियाले अपनाएको सर्तकता र सजकतालाई अनुसरण गर्नु आवश्यक छ ।

आज प्राणघातक कोरोना भाइरसको नियन्त्रण गर्नको लागी प्रत्येक घर, गाउँ, देश मात्र होइन विश्व नै लकडाउन गर्न वाध्य भएको छ । विश्व नै वन्द प्राय भएको छ । मानव जातीको लागी यो अत्यन्तै ठुलो मानवीय क्षति र संकटको घडी हो । यसले विश्व अर्थतन्त्रमा ठुलो असर पु¥याउँदै छ । औषधी र भ्याक्सीनको विकास नभएसम्म कोभिड–१९ तत्काल विश्वबाट विदा हुने वाला छैन । यस्तो भयावह अवस्थामा विकास हुँदै गएको प्राकृतिक र जैविक संकटको समाधान एक्ला एक्लैले गर्न सकिदैन बरु विश्वका मान्छेहरु एकजुट भई नयाँ मानवीय चेतनाको विकास गरी एक अर्कामा समानताको आधारमा सहयोग, सद्भाव र सहकार्य गर्न आवश्यक छ । नयाँ मानवीय चेतनाको आधारमा कुनै देशको सिमाना नभनी, कुनै पश्चिम र पुर्वको दम्भ नराखी सवै मिलेर यो संकटको संयुक्त रुपमा सामना गर्नु सक्नु पर्छ । हामीले तेरो मेरो भनेर विश्वलाई विभाजन गरे पनि मानव विरुद्ध आउने महामारी रोगले हामी कसैलाई छाड्ने वाला छैन । हिजो देखा परेका कयौं मानविय संकटहरु मध्ये प्रथम विश्व युद्धले जर्मन साम्राज्यवादको पतन गरायो । दोश्रो विश्व युद्धले व्रिटिश र जापानीज साम्राज्यवादको पतन गरायो । सन् १८०१ मा फैलिएको यलो फिवर रोगले हैटिको ४७ हजार सेनाको मृत्यु भएपछि विश्व कब्जा गर्ने नेपोलियन वोनापार्टको सपना चकनाचुर वनायो । सन् १८८८ देखि १८९६ मा फैलिएको यनिमलप्लेग रोगले अफ्रीकामाथि युरोपको उपनिवेश कायम हुन पुग्यो आदि ।

आज विश्व पुँजिवादी व्यवस्थाले विज्ञान–प्रविधी, सुचना, संचार र पछिल्लो साईवरनेटीक प्रविधीलाई उपयोग गरी मान्छेको मष्तिष्क र समाजको नियन्त्रण गर्न, व्यक्तीप्रधान पार्टी र अधिनायकवादी नेतृत्व तयार गरी आतंकवाद नियन्त्रण, शान्ति–सुरक्षाको नाममा सेनाको विस्तार, युद्ध र युद्ध मार्फत व्यापार र लुटलाई व्यवस्थीत वनाउन नवउदारवादी रणनीति अपनाई रहेको छ । तर आज विश्वव्यापी रुपमा देखा परेको तिव्र आर्थिक असमानता र संकट तथा कोरोनाको कहरले पुँजिवादको यो रणनिती पुर्णत असफल भएको छ । जसले तिव्र वैचारीक र राजनैतिक गतिरोध पैदा गरेको छ । यसले मानव चेतनामा अर्को फड्कोको माग गरेको छ । विश्वलाई नै नयाँ ढंगले पूनरसंरचना गरी पुँजिवादी व्यवस्थाको विकल्पमा समानता सहितको राज्य र समाजको भूमिका बढीभएको तृटी रहीतनयाँ समाजवाद र साम्यवादको आवश्यकता बोध गराएको छ । यसले मात्र विश्व मानव समाजमा आउने संकटहरुको सामाना गर्न सक्छ । आजको यो कोरोनाको महामारीले मान्छेलाई फेरी सोच्न बाध्य पारेको छ । विश्व स्तरमै अन्तर निर्भर र अन्तर सम्वन्धीत हुँदै विश्व सहकार्यद्वारा मात्र यस्ता मानविय समस्याहरुको हल गर्न सकिने छ ।

-लेखक नेकपा बागमती प्रदेश सचिवालय सदस्य हुन् ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार