विजय जिम्बा, काभ्रे । जिल्लाको बनेपा नगरपालिकाभित्र सञ्चालनमा रहेका सहकारी संस्था तथा इन्स्युरेन्स कम्पनीले आइसोलेसन व्यवस्थापनको लागि खाद्य सामाग्री सहयोग गरेको छ । बनेपा नगरपालिकाले नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको नेपाल बनेपा बहु प्राविधिक शिक्षालयमा स्थापना गरेको आइसोलेसन व्यवस्थापनको लागि श्रमिक जनउत्थान साकोसको संयोजनमा खाद्य सामाग्री नगरपालिकामा उपलब्ध गराएको हो ।
बनेपा नगरपालिकाकी उप–प्रमुख रेखा दाहाललाई युवा नेता, समाजसेवी तथा संयोजन संस्थाको प्रबन्धक राजन अधिकारी नेतृत्वको टोली नगरपालकामा नै पुगरे सहयोग खाद्य सामाग्री हस्तन्तरण गरिएको थियो ।
नगरपालिकाका उप–प्रमुख दाहालले पछिल्लो समयमा जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै नगरपालिकाभित्र पनि संक्रमित देखिएसँगै नगरपालिकाले स्थापना गरेको आइसोलेसनको लागि खाद्य सामाग्री सहयोग गरेकोप्रति खुशी व्यक्त गर्दै कोरोनाको विषमा परिस्थितिमा नगरपालिकालाई सहयोग गर्ने संघ÷संस्था धन्यावाद दिएका छन् । उनले सहयोगी संघ÷संस्थाले उपलब्ध गराएको खाद्य सामाग्री ओइसोलेसन व्यवस्थापनमा नै प्रयोग गर्ने बताए ।
त्यस्तै संयोजन गरेको संस्थाको प्रबन्धक अधिकारीले विश्व मानव समुदायलाई कोरोना भाइरसले पिंजडामा थुनिएको चरा झैँ बनाएको विषम परिस्थितिमा संघ÷संस्था, व्यक्ति, राज्य सबै मिलेमा नै कोरोनालाई जित्न सकिन्छ भन्ने उद्देश्यले बनेपामा रहेको सहकारी संंस्था तथा इन्स्युरेन्स कम्पनीको सहयोगमा संकलन भएको खाद्य सामाग्री आइसोलेसन व्यवस्थापनको लागि नगरपालिकालाई हस्तन्तरण गरेको बताए ।
खाद्य सामाग्री कति सहयोग ?
नगरपालिकाले स्थापना गरेको आइसोलेसन व्यवस्थापनको लागि विभिन्न सहकारी तथा इन्स्युरेन्स कम्पनीले सहयोग गरेको छ । जसमा ज्योती लाईफ ईन्स्सोरेन्स कम्पनीले चामल १० बोरा, काभ्रे युनाईटेड साकोसले चामल १० बोरा, सेवानुङ साकोसले चामल ५ बोरा, सम्बृद्ध काभ्रे कृषि सहकारीले चामल ५ बोरा र बज्रबाराही साकोसले चामल ३ बोरासहित मुसुरोको दाल १ बोरा नगरपालिकालाई हस्तन्तरण गरेका छन् । त्यस्तै जिवन सुधार कृषि सहकारीेले साबुन ६ बाकस, सन्दुस साकोसले चामल २ बोरासहित तेल १ बाकस र संयोजन गरेको संस्था श्रमिक जनउत्थान साकोसले दाल २ बोरा, नुन २ बोरा र तेल ४ बाकस सहयोग गरेका छन् ।
त्यसैगरी संयोजन संस्थाको प्रबन्धका अधिकारीले सबै संघ÷संस्थाबाट गरी चामल ३५ बोरा (१०५० के.जी), सावुन ६ बाकस (१४४ थान), दाल ३ बोरा (७५ के.जी), नुन २ बोरा (१०० के.जी) र तेल ५ बाकस (५०) संकलन भएको र उक्त खाद्य सामाग्री नगरपालिकाको उप–प्रमुख दाहालमार्फत् नगरपालिकालाई हस्तान्तरण गरेको डाँडापारि सन्देशलाई जानकारी दिए । यसअघि पनि लकडाउनको समयमा यी संघ÷संस्थाले आफ्नो सक्रियता देखाइसकेका छन् । खाद्य सामाग्री हस्तान्तरण कार्याक्रममा विभिन्न सहकारी तथा इन्स्योरेन्सको प्रतिनिधिको रुपमा अम्विका तिमल्सिना, सलन दालार्मी मगर, भुवन मगर लगायतका उपस्थिति रहेका थिए ।