८ भाद्र २०७७, सोमबार

मोबाइल लिएर सुत्ने बानी छ ? सावधान !

1.6kViews
1208 Shares

एजेन्सी

मोबाइल फोन जीवनको अभिन्न अंग बनिसकेको छ भन्दा फरक पर्दैन।

पछिल्ला दिनमा मानिस मोबाइलमा धेरै समय बिताउनमै व्यस्त हुन थालेका छन्। जुनसुकै समयमा पनि साथमा रहने मोबाइल खतरनाक हुने अनुसन्धानले देखाएका छन्। मोबाइलबाट निस्कने विकिरणले मानिसमा प्रजननदेखि स्वास्थ्यसम्म विभिन्न क्षेत्रमा असर गर्ने गरेको छ।

एक अनुसन्धानले माेबाइललाई राति सँगै लिएर सुत्न नहुने निष्कर्ष निकालेको छ।

यो पनि पढ्नुहोस् ...  अध्ययनको निष्कर्ष : नियमित जाँडरक्सी पिउनेलाई भन्दा कहिलेकाहि पिउनेलाई हुन्छ बढी असर

चीनको इन्स्टिच्युट अफ एनबीसी डिफेन्स एण्ड सिन्गुहा युनिभर्सिटीका शोधकर्ताहरुले स्मार्टफोनबाट दर्जनौं खतरनाक ग्याँस उत्पन्न हुने बताउँदै यसलाई सँगै लिएर नसुत्न चेतावनी दिएका छन्।

अनुसन्धानकर्ताको एक समूहले लिथियम-आयन ब्याट्रीबाट निस्कने सयवटाभन्दा बढी विषालु ग्याँसको पहिचन गरेको छ। यसमा कार्बोन मोनोअक्साइड पनि समावेश छ । यस्तो ग्याँसले आँखा, छाला र नाकमा जलनको समस्या पैदा हुने गर्दछ । यो ग्याँसले वरिपरिको माहौललाई पनि ठूलो मात्रामा नोक्सानी पुर्याउँछ।

यो पनि पढ्नुहोस् ...  हस्तमैथुन गर्नु फाईदा कि बेफाईदा ?

उनीहरुका अनुसार अहिले पनि धेरै मानिसहरु स्मार्टफोन आवश्यकभन्दा तातो हुने र खराब चार्जरले चार्ज गर्दा हुने खतराको विषयमा अन्जान छन् ।

इन्स्टीच्युट अफ एनबीसी डिफेन्सका प्रोफेसर जी सनले भने, ‘आजकाल संसारभरीका मानिसहरु लिथियम आयन ब्याट्रिको प्रयोग गरिरहेका छन् । यस्तो अवस्थामा उनीहरुलाई यसको खतराको बारेमा पनि जानकारी हुन आवश्यक छ ।’

यो पनि पढ्नुहोस् ...  कोरोना परीक्षण नतिजा २४ घण्टाभित्र दिन स्वास्थ्य समितिको निर्देशन

प्राध्यापक सन र उनका सहयोगीले थुप्रै कारक तत्वको पहिचान गरेका छन् जसले विषाक्त ग्यासको मात्रा बढाउन सक्छ । उदाहरणको लागि पूर्ण रुपमा चार्ज भएको एउटा ब्याट्रीले करिब ५० प्रतिशत चार्ज भएको ब्याट्रीभन्दा धेरै विषालु ग्याँस निकाल्ने गर्दछ ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार