उपचार खर्च अभावमा श्रीमान्–श्रीमती बन्धक

उज्यालो प्रतिनिधि ८ भाद्र २०७७, सोमबार समाचार

उपचारमा लागेको खर्च तिर्न नसक्दा विराटनगरको एक अस्पतालमा श्रीमान्–श्रीमती बन्धक भएका छन् । यहाँको अग्निसाइर कृष्णसवरन गाउँपालिका–६ बकधुवाका भुटाइ भनिने शिवचन्द्र सदा र उहाँकी श्रीमती मलिया उपचार खर्च तिर्न नसक्दा बन्धक बन्नुभएको हो । खोला छेउको ऐलानी जमिनमा घर बनाएर बसेका भूमिहीन दलित मुसहर समुदायका दम्पतीसँग उपचार खर्च छैन । 

कुटपिट गर्ने आरोपितले खर्च नतिर्दा र अस्पतालले खर्च नलिर्इ घर फर्किन नदिँदा सदा दम्पती अस्पतालमा रोकिएको हो । शिवचन्द्रका भाइ पवनले आज प्रदेश नं २ का  मुख्यमन्त्री, मानव अधिकार आयोग, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई न्याय तथा उपचार खर्चका लागि गुहारेका छन् । दलित सरोकार मञ्च नेपालको सहयोगमा अनलाइनमार्फत उजुरी गरिएको मञ्चका भोला पासवानले बताए ।

वर्षाको समयमा दीना साहले बगाएको घरको पानीले सदाको झुपडी डुबानमा परेपछि आफूहरुले जथाभावी माटो काट्ने काम नगर्न अनुरोध गर्दा साह परिवारले कुटपिट गरेर घाइते बनाएको शिवचन्द्रले बताए । कुटपिटबाट घाइते सदा दम्पती उपचारका लागि शुरुमा स्थानीय क्लिनिक पुग्यो । 

स्थानीय क्लिनिकले अस्पताल लैजान सुझाएपछि उहाँहरु थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल भर्ना भए । इलाका प्रहरी कार्यालय कञ्चनरुपले आरोपित  साहलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलायो । तीन सातापछि गत साउन ३२ गते जिल्ला सरकारी वकिलको कार्यालयको पत्राानुसार साह रिहा भए । 

उपचार खर्च आरोपितले व्योहोर्ने आशामा बसेका भूमिहीन र गरिब सदा दम्पतीले खर्च भर्न नसक्दा अस्पतालले रोकेर राखेको छ । शिवचन्द्रका अनुसार अस्पतालले उनीहरुलाई बाहिर निक्लिन नदिन सुरक्षा गार्ड खटाएको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले पीडित पक्षले अस्पतालमा लागेको खर्चको बिल ल्याउन नसकेकाले आरोपितबाट उपचार खर्च तिराउन समस्या भएको बताए ।

प्रहरीले बिल ल्याउन भने पनि अस्पतालले पैसा नतिरी बिल दिन नसकिने जनाउँदै आएको छ ।

दलित अगुवा बलराम सदाले धेरै आग्रह गरेपछि अस्पताल प्रशासनबाट लेटरप्याडमा साउन ३२ गतेसम्ममा औषधिबाहेक रु एक लाख २५ हजार ८०० खर्च भएको लेखेर दिएको जानकारी दिए । अस्पतालमा बसेको दिन थपिँदै जाँदा खर्च पनि थपिँदै जाने अस्पतालका प्रबन्धक ज्याउल हकले बताए । हकले भने, “उपचार गर्दासम्म हामीले पैसा मागेनौँ, अब उपचारपछि भएको खर्च त दिनुपर्यो ।”

आरोपितले खर्च नतिरेपछि अस्पतालबाट बाहिर निक्लिन नपाएर चिन्तित बनेकी मलियादेवीले रुँदै भनिन्, “यता हामी बन्धक भयौँ, उता घरमा तीन नाबालक छोराको बिजोग छ, उनीहरु खान नपाएर भोकै हामीलाई पर्खेर बसेका होलान् ।” #रासस

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार