सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सेल्फ क्वारेन्टिनमा

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढीस्थित आफ्नै निवासमा ‘सेल्फ क्वारेन्टिन’मा बस्नुभएको छ ।

मुख्यमन्त्री निवासका चालकमा आज कोरोना सङ्क्रमणको पुष्टि भएपछि उहाँ सेल्फ क्वारेन्टिनमा बस्नुभएको हो । ‘‘सेल्फ क्वारेन्टिनमा बस्नु परेपछि उहाँले भेटघाट बन्द गर्नुभएको छ”, मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले भन्नुभयो, “हामी सबै सेल्फ क्वारेन्टिनमा छौँ ।”

केही दिनअघि मुख्यमन्त्री भट्ट परिवारका सदस्यसहित गृह जिल्ला डोटी पुग्नुभएको थियो । त्यहाँ उहाँले कोरोना परीक्षण गर्ने पीसीआर मेसिनको उद्घाटन गर्नुभएको थियो । डोटी भ्रमणकै क्रममा उहाँका चालकमा सङ्क्रमण भएको आशङ्का गरिएको छ । चालकमा कोरोना सङ्क्रमण देखिएपछि चालकको सम्पर्कमा आएका मुख्यमन्त्रीसहित सबैको नमुना लिने तयारी गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार