अब नेपालमै फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने

छापाबाट ७ भाद्र २०७७, आईतवार प्रविधि

काठमाडौ।नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने भएको छ । सो खानीबाट फलामको उत्पादनबारे चीनमा भइरहेको परीक्षणले फलामको उत्पादन गर्न सकिने प्रमाणित भएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

चीनको छेन्दुस्थित चाइना भूगर्भ सर्भे सेन्टरमा भइरहेको ‘मेटलर्जिकल’ परीक्षणले नवलपुरको धौवादी फलाम खानीबाट औद्योगिक रूपमा फलाम उत्पादन गर्न सकिने प्रमाणित भएको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए ।

विभागले फलामको औद्योगिक उत्पादनबारे परीक्षण गर्न गत वर्ष नै एक हजार तीन सय किलो फलामको धाउ (कच्चा पदार्थ) चीन पठाएको थियो ।

उनले चीनको सेन्टरले फलाम उत्पादनबारे गरिएको सफल परीक्षणको भिडियो र तस्बिरका साथै प्रारम्भिक प्रतिवेदन पठाएको छ जसले फलामको उत्पादन गर्न सकिने प्रमाणित गर्दछ । सो क्षेत्रबाट प्राप्त भएको धाउमा फलामको मात्रा के–कति छ भन्ने यकिन गर्न अहिले थप रासायनिक परीक्षण भइरहेको छ भने । अबको दुई हप्ताभित्र सबै परीक्षणबारे अन्तिम प्रतिवेदन आइपुग्ने उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

पत्रपत्रीकाबाट सभार-

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार