पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा थप १०२ जनामा कोरोना सङ्क्रमण पुष्टि

६ भाद्र २०७७, शनिबार २०:५७ मा प्रकाशित

काठमाडौं। पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा थप १०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । थपिएकामध्ये ३७ महिला र ६५ पुरुष छन् । योसँगै प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ५८९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा यो प्रदेशअन्तर्गत मोरङका ४९, सुनसरीका ३०, झापाका १६, भोजपुरका तीन, इलामका एक र यस प्रदेश बाहिरका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा विराटनगरमा ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये १३ महिला र २० पुरुष छन् । मोरङमा कोरोना देखिनेमा सुनबर्षीमा दुई महिला आठ पुरुष, सुन्दरहरैचामा एक महिला एक पुरुष, कटहरीमा दुई पुरुष, धनपालथानमा एक पुरुष र स्थानीय तह नखुलेकी एक महिलामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी जिल्ला बाहिर सुनसरीको दुहवीमा १२ पुरुष, इटहरीमा पाँच महिला तीन पुरुष, धरानमा एक महिला तीन पुरुष, गढीगाउँपालिकामा एक महिला तीन पुरुष, भोक्रहामा एक पुरुष र स्थानीय तह नखुलेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै झापाको दमकमा तीन महिला १३ पुरुष, भोजपुरको अरुण गाउँपालिकामा तीन पुरुष, इलामको देउमाईमा एक पुरुष र प्रदेश बाहिरका दुई महिला एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा आजसम्म एक हजार २४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने अहिलेसम्म ७६ हजार ३५३ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार