पोखरामा १६ जना प्रहरीसहित २० जनामा कोरोना संक्रमण

३ भाद्र २०७७, बुधबार २०:३७ मा प्रकाशित

पोखरा । पोखराम बुधबार थप २० जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको बुधबार बेलुका ७ बजेसम्मको रिपोर्ट अनुसार पोखराका २० सहित गण्डकीमा बुधबार ४७ जनामा संक्रमण देखिएको छ । यो सँगै गण्डकीमा कुल संक्रमितको संख्या १ हजार ८१२ पुगेको छ । f

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं ७ का २३ देखि ३६ वर्ष उमेर समूहका १६ जना पुरुषमा संक्रमण देखिएको छ । उनीहरु सबैजना पोखराको मालेपाटनस्थित कृषि तालिम केन्द्रको क्‍वारेन्टाइनमा बसेका सशस्त्र प्रहरीहरु भएको बताइएको छ ।

त्यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा गरिएको परीक्षणमा पोखरा-४ का ४७ वर्षीय पुरुष, पोखरा-२४ का १८ वर्षीय पुरुष तथा पोखरा-१२ का ३७ र ४० वर्षीय दुईजना पुरुषमा संक्रमण देखिएको हो ।

यस्तै क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा बागलुङको बागलुङ नगरपालिका-३ का ३ पुरुष र ३ जना महिलामा संक्रमण देखिएको छ भने लमजुङमा कार्यरत बडिगाड नगरपालिकाका २२ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ । त्यसैगरी बडिगाडकै ३४ वर्षीय पुरुष र जैमिनीका २० वर्षीय पुरुषमा पनि संक्रमण पुष्‍टि भएको छ ।

तनहुँको देवघाटका २७ वर्षीय पुरुष, गोरखाको पालुङटारका ५० वर्षीय पुरुष, धादिङको गंगाजमुना गाउँपालिका र नवलपुरको कावासोती नगरपालिकाका ३२ वर्षीय दुईजना पुरुषमा पनि संक्रमण देखिएको छ । धादिङ र नवलपुरका संक्रमित पनि लमजुङमा कार्यरत हुन् ।

यसघि आज विहान पनि गण्डकीमा नवलपुरका १२ जना र तनहुँका २ जना गरी १४ जनामा संक्रमण पुष्‍टि भएको थियो ।

संक्रमितहरुमध्ये केहीलाई आइसोलेसनमा राखिसकिएको छ भने अन्यलाई पनि लैजाने तयारी भइरहेको छ ।

त्यसैगरी संक्रमणमुक्त भएर घर फर्किनेको संख्या १५६९ पुगेको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार