३ भाद्र २०७७, बुधबार

संसदका सभाअध्यक्षहरूको पाँचौ विश्व सम्मेलन भर्चुअल माध्यमबाट सुरु

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ३ भाद्र २०७७, बुधबार फोटो समाचार
34Views
Shares

काठमाडौं । संसदका सभाअध्यक्ष हरुको पाँचौ विश्व सम्मेलन भर्चुअल माध्यमबाट सुरु भएको छ।
अन्तर व्यवस्थापिका संघ (आईपीयू) र अष्ट्रियाको संसद ९पार्लियामेन्ट अफ् अष्ट्रिया०को संयुक्त आयोजनामा भएको सम्मेलनमा नेपालको संसदबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा अन्य दुई सांसद सहभागी हुनुहुन्छ। सम्मेलनमा अध्यक्ष तिमिल्सिनासँगै प्रतिनिधि सभा सदस्य डा। नारायण खड्का र राष्ट्रिय सभा सदस्य डा.बिमला राई पौड्याल सहभागी हुनुहुन्छ।

प्रत्येक पाँच वर्षमा हुँदै आएको सम्मेलन यस वर्ष अष्ट्रियाको भियनामा यही अगष्टका लागि तय भएको थियो। तर, कोरोना संक्रमणका कारण यही भदौ ३ र ४ गते भर्चुअल माध्यमबाट सम्मेलन बुधबार सुरु भएको हो।

यो पनि पढ्नुहोस् ...  नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति पेनाङ् मलेसियाद्वारा शैक्षिक सामाग्री बितरण(फोटोफिचर)

सम्मेलन सन् २०२१ मा पुनस् अष्ट्रियामा नै आयोजना हुने आईपीयूको सचिवालयले जनाएको छ। सयभन्दा बढी देशका संसदका सभाअध्यक्ष नेतृत्वको टोली सहभागि रहेको सम्मेलनको मुख्य विषय मानव र पृथ्वीको शान्ति तथा दिगो विकासको बहुपक्षीय प्रभावकारिताका लागि संसदीय नेतृत्वु रहेको छ।

सम्मेलनमा जलवायु परिवर्तन, सुशासन प्रबर्द्धन लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका छ। सम्मेलन भर्चुअल भएकाले सहभागि राष्ट्रहरुले विषयवस्तुमा केन्द्रित भई लिखित र भिडियो सन्देश व्यक्त गरेका छन्। नेपालको संसदको तर्फबाट राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले लिखित र भिडियो सन्देशमार्फत धारणा व्यक्त गर्नुभएको छ।

सो सन्देशमा उहाँले नेपाल अहिले नयाँ संविधान निर्माण गरि दिगो विकासको लक्ष्य प्राप्तिका लागि सम्रिदी नेपाल, सुखी नेपालीु को नारासहित अगाडि बढिरहेको बताउनुभयो । विश्वले कोरोनालाई छिट्टै पराजित गरि जनजीवन सहज बनाउन सफल हुने अपेक्षा व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधि नियमित हुने बताउनुभयो।

यो पनि पढ्नुहोस् ...  अध्यक्ष तिमिल्सिना र नवनियुक्त दक्षिण कोरियाका राजदूत पार्क छोङ सुकबीच शिष्टचार भेट

ुहाल विश्व समुदायले भोगिरहेको कोभिड(१९ को यो समय र यसपछिका लागि पनि जनप्रतिनिधिहरुको उच्चतम विधायिकी अंग संसदले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ, उहाँले भन्नुभयो, ‘आर्थिक स्थायीत्व, रोजगारी सृजना र स्वास्थ्य क्षेत्रमा सृजित समस्या समाधानका लागि नीति निर्माण तथा योजना तर्जुमा गर्नु संसद तथा सांसदहरूको कर्तव्य नै हो।’

उहाँले नागरिकको विश्वास आर्जन गर्दै स्थानीय, राष्ट्रिय, क्षेत्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समन्वय एवं सहकार्यका लागि अन्तर व्यवस्थापिका संघ जस्ता बहुपक्षीय संस्था सँग एकिकृत प्रयास र एकताका लागि संसद क्रियाशिल हुनुपर्ने बताउनुभयो।

यो पनि पढ्नुहोस् ...  मजदुर दिवसका दिन बनेपामा मजदुरलाई राहत वितरण

भर्चुअल सम्मेलनको उद्घाटन समारोहमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेज, आईपीयू अध्यक्ष ग्राब्रिएला सेभस व्यारोन, आयोजक राष्ट्र अष्ट्रियन नेशनल काउन्सिलका अध्यक्ष वोल्फग्याङ सोबोट्का र आईपीयू महासचिव मार्टिन चुङगोङले बोल्नुभएको थियो।
बिहीबारसम्म चल्ने दुई दिने सम्मेलनको अन्तिममा साझा घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको छ।

संसदका सभाअध्यक्ष हरूको पाँचौ विश्व सम्मेलन नेपालको संघीय संसदको नेतृत्व गर्दै भर्चुअल माध्यमबाट सुरु सम्मेलनको उद्घाटन कार्यक्रममा सहभागी हुनुहुँदै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना। तस्बिर : संसद सचिवालय

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार