कालापानीमा तस्करको रजगज

सन्तोष काफ्ले २ भाद्र २०७७, मंगलवार फोटो समाचार

रौतहट । जिल्लाको चन्द्रपुर ३ स्थित कालापानी सामुदायिक बनमा सोमबार राति अज्ञात तस्करको समुहले मेसिनको प्रयोग गरेर जथाभाबि रुख ढालेका छन् ।
यसरी सामुदायिक बन क्षेत्रमा जेसीबी मेसिन प्रयोग गरी रूख ढालिदा समेत समिति लाई कसले र किन रुख ढाल्यो भन्ने जानकारी नहुनु समितिको गैर जिम्मेवारपन भएको स्थानीयले आरोप लगाएका छन् ।


कालापानी सामुदायिक बन क्षेत्र रौतहट जिल्लाको उत्तरी भेगमा अबस्थित सामुदायिक बन हो जसमा पर्यटन पार्क र उधान समेत अबस्थित छ । दुई साता पहिले मात्र स्थानियको पहलमा बिधुत प्राधिकरणले सो कालापानी क्षेत्रमा बिधुत सेवा बिस्तार गरेको थियो । नया लाईन पुगेको बिधुत तारमा समेत क्षति पुग्नेगरी रुख लडाउदा कसले र किन त्यस्तो कार्य गर्यो भनेर दोषीमाथि कारबाहीको प्रकृया थाल्नु पर्नेमा सो सामुदायिक बनका अध्यक्ष गोपाल फॅयालले सक्रियता नदेखाएको उपभोक्ताको आरोप रहेको छ ।

“बनमा कामनलाग्ने कुसुम , करमा लगायतका कु काठको रुखहरु लडेका रहेछन त्यसले खासै फरक नपर्ने” भन्दै गैह्र जिम्मेबार अभिब्यक्ति अध्यक्ष फॅयालले दिईनुमा कतै सामुदायिक बनकै मिलोमतो त छैन भन्ने कुरामा प्रश्न चिन्ह उठेको आर्जन गुरो बताउछन् ।

वडा कार्यालय र सो सामुदायिक बनका प्रतिनिधिहरुलाई सल्लाह नगरी अनाधिकृत रुपले रुख ढाल्ने कार्यमा संलग्न ब्यक्ति,समुह र रुख ढाल्न प्रयोग भएको मेसिनको खोजि कार्य भईरहेको र उनिहरु उपर आबश्यक कारबाही गरीने अध्यक्ष फॅयालले उज्यालो नेटवर्कलाई जानकारी दिएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार