अनिस तामाङ/युएई
वैदेशिक रोजगारीको शिलशिलामा प्रवासमा रहेका नेपालीहरुको छाता संगठन एनआरएन युएईले पुनः मानव तस्करको पक्षमा र उज्यालो नेटवर्क विरुद्ध अर्को विज्ञप्ति जारी गरेको छ ।
काठमाण्डौ स्थित तीनजुरे ईम्प्लोइमेन्ट सर्भिसेज प्रा.ली.की जनसम्पर्क अधिकृत सिर्जना अधिकारी र दुबई बस्ने श्याम थापाले ६३ जना नेपालीहरुलाई बेलायत लैजाने भन्दै गत दुबईमा अलपत्र बनाएका पीडितहरुलाई एनआरएन युएईकै प्रतिनिधिहरुको रोहवरमा कुटिए पछि उज्यालो नेटवर्कले लेखेको समाचार प्रति लक्षित गर्दै निरन्तर विज्ञप्ति जारी गरिरहेका छन ।
अलपत्र परेका ६३ जना नेपालीहरु मध्यका पीडित टिकाराम बोहरा र मनोहर केसीले आफुहरुलाई एनआरए दुबईका अध्यक्ष भिम मल्ल र उपाध्यक्ष निराजन खत्रिकै अगाडि एनआरएन निकट व्यक्तिहरुबाट कुटेको खवर उज्यालो नेटवर्कलाई प्राप्त भएपछि “एनआरएन दुबई अध्यक्षकै अगाडि पीडित नेपाली कुटिए” शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।
उक्त समाचारलाई लिएर एनआरएन एनसिसी उपाध्यक्ष नरेश शेनले संस्थामा छलफल विना र अध्यक्ष प्रकाश कोइरालाको परामर्श विना पीडितहरुलाई उल्टो मानव तस्करको आरोप लगाएर वक्तव्य निकालेपछि उज्यालो नेटवर्कले त्यसको जुवाफमा ” एनआरएन युएई मानव तस्करको संरक्षण गर्दै” शिर्षकमा समाचार प्रकाशन गरेपछि घट्नले राष्ट्रिय रुप लिएको थियो ।
उक्त वक्तव्यलाई लिएर चौतर्फि विरोध भएपछि एनआरएन युएईले पुनः एक वक्तव्य जारी गरेर विवादित तीन प्रतिनिधिलाई घट्न किनारा नलागे सम्म निलम्बन गरेको थियो । मल्ल,खत्री र शेनको निलम्बनको विरोधमा उनिहरु निकट एनआरएनका अरु ६ जना सदस्यहरुले संयुक्त रुपमा राजिनामा गरेका छन् ।
एनआरएन युएईको अध्यक्षद्धारा हस्तक्षर गरेको उक्त वक्तव्यलाई लिएर उज्यालो नेटवर्कले पुनः “एनआरएन युएईले दलालको संरक्षणको आरोपमा तीन प्रतिनिधिलाई निलम्बन” शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।
उक्त समाचारलाई लिएर आज पुनः कसैको हस्तक्षर विना समाचारको शिर्षकको विषयलाई लिएर समाचारको घोर भत्सर्ना गर्दै विज्ञप्ति जारी गरेको छ ।
फरक फरक लेडरहेडमा अध्यक्षको हस्ताक्षर विना पटक पटक उज्यालो नेटवर्कले मानव तस्करको विरुद्ध समाचार प्रकाशन गरेको विषयलाई वक्तव्य जारी भएकोले एनआरएन युएईमा दलाल श्याम थापाले एनआरएन युएईमा आफ्नो पहुच रहेको बताएको कुरा प्रष्ट हुँदै गएको छ ।
अघिल्लो विज्ञप्तिमा पीडितहरुलाई मानव तस्करको करार गरेको, एनआरएनमा निवेदन नदिएको जस्तो झुठपुर्ण कुरालाई खारेज गरेर क्षमा माग्नु सट्टा विषयलाई सामान्य मानवीय त्रुटि जस्तो भाषा प्रयोग गरिएको छ । पीड़ितहरुलाई उल्टै दलाल करार गर्नु झन भत्सर्ना योग्य छ । त्यसबारे बिज्ञप्ति मौन छ ।
पछिल्लो चरण उज्यालो नेटवर्कबाट प्रकाशन गरेको समाचारको प्रत्येक शब्दहरुको प्रमाणहरु सम्बन्धित निकायमा दिन तयार छ । युएईमा अलपत्र पीडितहरु उद्धार गरी सम्बन्धित देशको कानुन अनुसार कारबाहीको लागि पहलकदमी गर्न र दलालहरुको संरक्षण नगर्न समेत उज्यालो नेटवर्क परिवार एनआरएन युएईलाई अनुरोध गर्दछ ।
साथै एनआरएन युएईका उपाध्यक्ष निराजन खत्री (एरिक) ले आफ्नो जीवन संगिनी र ६ वर्षकी छोरीलाई समेत विचल्लिमा पारेर परस्त्रिहरु सँग लिभिङ टुगेदरमा बसेको र अध्यक्ष भिम मल्लले दुबईमा रहेकी नेपाली चेलीबेटीहरुलाई विभिन्न अश्लिल म्यासेजहरु पठाएर दुख दिएको विभिन्न फोटो र भ्बाईस म्यासेज प्राप्त भएकोले उक्त विषयमा समेत एनआरएन युएइले अनुसन्धान गरी आवश्यक कारबाहीको पहल गरिदिन पीड़ितहरुले उज्यालोलाई सम्पर्क गरेका छन् ।
आज दिउँसो नेपाल एसोसिएशनको नाममा जारी बिज्ञप्तिले दलालहरुको संरक्षण गरेको छ जसले गर्दा पीड़ितहरु निरास बनेका छन् । उक्त बिज्ञप्ति सेन समूहले जारी गरेको बुझिएको छ । त्यसैगरी अध्यक्ष प्रकाश कोईरालाले भने आफु सँधै पीडितहरुको पक्षमा रहेको भन्दै पीडितलाई साथ दिने प्रतिबद्धता जारी गरेका छन् ।