पनौती युवा मञ्चद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

उज्यालो प्रतिनिधि २८ श्रावण २०७७, बुधबार फोटो समाचार

डिबी लामा, काभ्रे । जिल्लामा पनौती युवा मञ्चले अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रम प्रमुख अतिथि तथा पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले युवाहरुको साथमा आफु र पनौती नगरपालिका संधै सँगै रहदै आएको बताएका छन् ।

नगर प्रमुख न्यौपानेले युवा मञ्चलाई विशेष धन्यवाद दिँदै नगरपालिकाको साथ सहयोग सदैव हुने बताउँदै आगामी दिनमा अझ सक्रिय भएर लाग्न समेत जोड दिए ।

सामाजिक दुरी कायम गरी सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए भने जसबाट ३० पाउण्ड रगत संकलन भएको छ । संकलन भएको रगत रेड्क्रस सोसाइटीको कार्यालय बनेपामा बुझाउने पनौती युवा मञ्चका अध्यक्ष सौगात बस्नेतले डाँडापारि सन्देशलाई जनाकारी दिए । रक्तदान गर्ने व्यक्तिहरुलाई प्रमाणपत्रले सम्मान गर्दै केरा, फ्रुटि, स्याउ आदि दिएको थियो ।

‘प्राणघातक जस्ता रोगका रोगीहरु दिन प्रती दिन बढ्दै गएको अवस्थामा केही व्यक्तिले रगतको अभावमा अकालमै ज्यान गुमाएको छ,’ उनले भने, ‘रेडक्रस अर्थात् ब्लड बैंकमा रगतको अभाव हुन नदिई केही सहयोग गरौँ भन्ने उद्देश्यले युवा दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।’ मञ्चका अध्यक्ष बस्नेतले भने ।

मञ्चले यसअघि कोभिड–१९ का कारण देशमा भएको लकडाउनको समयमा पनि बाटो हिड्ने मानिस, लकडाउनको कारण दैनिक ज्यालादारी गरिखानेहरु भोकै बस्न बाध्य भएका उनीहरुलाई विहान र बेलुका खाना खुवाए सहयोग गरेका थिए ।

मञ्चको अध्यक्ष बस्नेतको सभापतित्वमा सम्पन्न भएको रक्तदान कार्यक्रममा रेडक्रस सोसाइटिका केन्द्रीय सदस्य कुमार थापा, पनौती प्रहरी इन्चार्ज विष्णु बहादुर सापकोट, कुमार थापा लगायतको उपस्थिति रहेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार