काठमाण्डौ । आज देशभर ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको जानकारी दिए ।
यस्तै हालसम्म निको हुनेको कुल संख्या १६ हजार ७२८ पुगेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ रहेको छ ।
Facebook Comments Box