रौतहटको चन्द्रपुरमा समुदायस्तरमा कोरोना संक्रमण फैलियो

उज्यालो प्रतिनिधि २८ श्रावण २०७७, बुधबार फोटो समाचार

सन्तोष काफ्ले, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा पनि समुदायस्तरमा कोरोना फैलिएको छ । मंगलबार चन्द्रपुर नगरपालिकाका केही वडाका ५ जनामा कोरोना पुष्टि भएसँगै यस नगरपालिकामा पनि समुदायस्तरमा नै कोरोना फैलिएको जनाइएको छ । रौतहटको गौर ,राजदेवी कटहरिया , गरुडा लगायतका स्थानिय तहहरुमा समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएको थियो ।

मंगलबार चन्द्रपुरमा ब्यबसाय संचालन गर्दै आएका एक ब्यापारी सहित ५ जनामा कोरोना पोजेटिभ पुष्टि भएसंगै समुदायस्तरमा नै कोरोना फैलिएको अस्थायी कोरोना अस्पताका स्वास्थ्यकर्मी मातृका चालिसेले जानकारी दिएका छन् । चन्द्रपुरमा पनि समुदायस्तरमा नै कोरोना फैलिसकेकोले सुरक्षित रुपमा घरमा नै बसी जारी निषेधाज्ञाको पालना गर्न आम नागरिकलाई चालिसेले अनुरोध समेत गरेका छन् । कोरोना भाइरस समुदायस्तरमा नै फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले गत शनिबारदेखि नै निषेधाज्ञा जारी गरेको छ । चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानहरुमा भिडभाड हुने किसिमका विभिन्न किसिमका क्रियाकलाप गर्ने क्रम भने रोकिएको छैन ।

ब्यावसायीहरुले समेत लुकिछिपि ब्यावसाय सञ्चालन गर्दै आएका छन । मंगलबार ग्रामिण क्षेत्रमा अनुगमन गर्दा अधिकांस ब्यावसायीहरुले सुरक्षा निकायको आखा छलि ब्यावसायी कारोबार गरेको पाइएको थियो । आफु स्वस्थ रहन सके व्यवसाय सञ्चालन गर्न कुनै आपत्ति नहुने भएकाले अहिलेको यो संकटको घडिमा सचेत रहन ब्यबसायीहरुलाई चन्द्रपुरका बुद्धिजिविहरुले सुझाव समेत दिएका भएपनि केहीदिन पहिले चन्द्रपुरमा रहेको हातेमालो सामुदायिक बनले स्थानिय प्रशासनको आँखा छलेर सयौको संख्यामा मानिसहरुको भेला गराई साधारणसभा समेत गरेको थियो ।

यस्तो महामारीको समयमा यसरी भिड जम्मा गरेर कार्यक्रम गरीदा आफुहरु थप संक्रमणको जोखिममा परिने डर भएको भेलामा सहभागी अधिकांशले उज्यालो नेटवर्कलाई बताएका हुन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार