एनआरएन दुबई अध्यक्षकै अगाडि दलालबाट कुटिए पीडित नेपाली

उज्यालो प्रतिनिधि २५ श्रावण २०७७, आईतवार मुख्य नेटवर्क

अनिश तामाङ, युएई/
बेलायत जान भनेर युएई आएर अलपत्र परेका रामेछापका टिकाराम बोहोरा र मनोहर केसी दलालबाट उल्टै कुटिएका छन् । पासपोर्ट जफत गरेर दलाल श्याम थापा सम्पर्कबिहिन भएपछि पीडितले गैर आवासीय नेपाली संघ (एनआरएन) र नेपाली दुताबासमा सहयोग उद्दारको लागि केही दिन पहिले निबेदन दिएका थिए ।

दुताबासमा उजुरी गरेको थाहा पाए पछि गत शुक्रबार बेलुकी श्याम थापाले एनआरएन दुबइ क्षेत्रका अध्यक्ष भीम मल्लको साथमा केही गुण्डा केटाहरु लिएर बोहोरा र केसीलाई दुबईको बरदुबईमा बोलाए । उनिहरु आफ्नो पासपोर्ट पाउने आशामा बरदुबई पुग्दा १० जनाको समुहमा रहेको थापाको समुहले बोहोरालाई अन्धाधुन्ध आक्रमण गरेको थियो । बोहोराले निर्घात पिटाइ खाँदा पनि एनआरएन दुबइका अध्यक्ष मल्ल भने ुकदर्शक बनिरहे । उल्टै उनले प्रहरीलाई खबर नगर्न र मिल्न चेतावनी दिए ।

बोहोराले प्रहरीलाई खबर गरे पछि दलाल श्याम थापा सहितको टोली फरार भएको थियो । पीडित बोहोराले आफु माथि साँघातिक हमला भएको बारे प्रहरीमा उजुरी गरिसकेका छन् भने प्रहरीले कुट्ने समुहको खोजी सुरु गरेको छ ।

पीडितहरुले एनआरएनमा निबेदन दिए पनि अहिले सम्म कुनै सुनुवाइ नभएको पीडितले बताए । ’हामीले दुबइ अध्यक्ष मल्लको समुन्ने उल्टै कुटाइ खानु प¥यो’ बोहोराले भने, ’पासपोर्ट लिन बोलाएर थापाले कुट्न लगाए र केस प्रहरीमा उजुरी नगर्न मल्लले दबाब दिए’ ।

 

६३ जना नेपाली अलपत्र
काठमाण्डौ स्थित तीनजुरे ईम्प्लोइमेन्ट सर्भिसेज प्रालीकी जनसंपर्क अधिकृत सिर्जना अधिकारी र दुबइ बस्ने श्याम थापाले ६३ जना नेपालीहरुलाई बेलायत लैजाने भन्दै गत डिसेम्बर महिनामा ९ लाख रुपैयाँ उठाएका थिए । उनिहरुलाई भिजिट भिसामा दुबइ ल्याईयो । दुबइ ल्याएर श्याम थापाले दुबइमा नै काम लगाइदिन्छु भन्दै ७ हजार ५ सय दिर्हामको नक्कली सम्झौता पत्र बनाएर दुबइमा काम गर्न लोभ्याए । थापाले उनिहरुलाई नक्कली ईम्प्लोईमेन्ट भिसा दिए र झुक्याए । अन्तत थापाले दिएको सम्झौता पत्र र भिसा नक्कली भएको थाहा पाए पछि पीडितहरुले दुताबास र एनआरएनलाई सहयोग उद्दारको लागि गुहारेका थिए । उता थापा भने एनआरएनमा आफ्नो पहुँच छ भन्दै धम्क्याउन्दै आईरहेका छन् । अलपत्र परेका केही नेपालीहरु संपर्कमा आएका छन भने केहीलाई अझै डर धम्की दिईएको छ । उनिहरु उजुरी गर्न समेत डराईरहेको बोहोराले बताए ।

अधिकांश पीडितहरु तीनजुरे ईम्प्लोईमेन्ट सर्भिसेजकी जनसंपर्क अधिकृत सिर्जना अधिकारी मार्फत दुबइ पुगेका थिए । अधिकारीले पीडितहरुबाट ९ लाख बुझिलेको कागजात समेत हामीलाई प्राप्त भएको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार