चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

उज्यालो प्रतिनिधि २२ श्रावण २०७७, बिहीबार समाचार

तनहुँ । तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–२ थप्रेकका विष्णुबहादुर राना र कृष्णबहादुर रानाको डेढ वर्षको छोरा नारायण रानाको मृत्यु भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

आफ्नै घरको आगनमा खेली रहेको बेला मङ्गलबार साँझ चितुवाले आक्रमण गरी लगेको बुधबार राती घर नजिककै जङ्गलमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख जगदिश रेग्मीले जानकारी दिनुभयो ।

प्रहरी र स्थानीय बासिन्दाले खोजी गर्ने क्रममा बालकको हात र टाउको मात्रै भेटिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो । तनहुँमा चितुवा आतङ्क रोक्न सकिएको छैन । दुई वर्षको अवधिमा चितुवाको आक्रमणबाट १० बालबालिकाको ज्यान गएको छ भने आठ जना घाइते भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार