सिन्धुपाल्चोकका अधिकांश बस्ती बाढी पहिरोको उच्च जोखिममा

उज्यालो प्रतिनिधि २२ श्रावण २०७७, बिहीबार समाचार

सिन्धुपाल्चोक । प्रत्येक वर्षको वर्षामा सिन्धुपाल्चोकका अधिकांश बस्ती बाढी पहिरोको उच्च जोखिममा पर्ने गरेका छन् । केही दिनदेखिको अविरल वर्षासँगै आएको पहिरोले बाह्रबिसे नगरपालिका २, कर्थलीका बस्ती उच्च जोखिममा पारेका छन् । घट्टेखोलाको बाढी र पहिरोले तीन घरमा पूर्णरूपमा क्षति पु¥याएको छ ।

बाह्रबिसे नगरपालिका २ का कमल विक, गोपाल विक र गुना विकको घर पहिरोले बगाएको स्थानीय अजय लामाले जानकारी दिए । उनका अनुसार पृथ्वीबहादुर भण्डारी, सीताराम कार्की, डिलबहादुर भण्डारी, तिलक भण्डारी र राजन भण्डारीको घरमा आंशिक क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार बाढी र पहिरोले क्षति पु¥याएको घरलगायतको क्षतिको विवरण लिने कार्य भइरहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार