काठमाण्डौमा कोरोना संक्रमणबाट एक महिलाको मृत्‍यु

काठमाण्डौ । काठमाडौंमा बुधबार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्‍यु भएको छ।

सर्लाहीको मलंगवाकी ६५ वर्षीया महिलाको मृत्‍यु भएको हो । उनको उपचारका क्रममा बुधबार दिउँसो ज्यान गएको एपीएफ अस्पतालले जनाएको छ।

निमोनियाको बिरामी भएपछि उनी १६ गते काठमाडौंको मनमोहन अस्पताल स्वयम्भूमा भर्ना भएकी थिइन्।

१९ गते कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनलाई एपीएफ अस्पतालमा सारिएको थियो। मनमोहनमा हुँदै उनलाई आईसीयूमा राखिएको थियो।

बलम्बु अस्पतालमा समेत आईसीयूमा राखेर उपचार भइरहेका बेला उनको ज्यान गएको अस्पतालले जनाएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार