ट्याम्पो चालकलाई कोरोना संक्रमण पुष्टि

१८ श्रावण २०७७, आईतवार २०:०७ मा प्रकाशित

काठमाडौं । काठमाडाैंमा सफा ट्याम्पो चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार टेकु अस्पतालमा गरिएको परिक्षणमा एक पुरुष ट्याम्पो चालकलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित चालकलाई आइसोलेसनमा राखिएको छ। सरकारले असार २६ गतेदेखि उपत्यकाभित्र तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सार्वजनिक सवारी संचालनमा ल्याउने निर्णय गरेको थियो ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार