सुदूरपश्चिममा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

१८ श्रावण २०७७, आईतवार १९:२४ मा प्रकाशित

कैलाली । सुदूरपश्चिम प्रदेशमा २४ घण्टाभित्र थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । आज गरिएको परीक्षणमा ५ महिला र १८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

संक्रमित हुनेमा कैलालीको धनगढीका वर्ष २८ र ३८ का २ पुरुष, बैतडी पाटनका वर्ष २६ का १ पुरुष, गोदावरी कैलालीका वर्ष ६६ का १ पुरुष, घोडाघोडी १ कैलालीका वर्ष ४१ का १ पुरुष, जोशीपुर १ कैलालीका वर्ष २८ का १ पुरुष, मोहोन्याल ५ कैलालीका वर्ष ३६,२६ का २ पुरुष रहेका छन् ।

यी लगायत २३ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । हालसम्म यस अस्पतालबाट १७ हजार ५३६ जनामने कोभिड १९ परीक्षण गरिएको र १६ हजार ९३ जनामा नेगेटिभ रिजल्ट आएको उनले बताए ।

पछिल्लो २४ घण्टाभित्र २३८ जनाको परीक्षण भएको छ । हालसम्म कैलाली जिल्लामा मात्रै १४४१ जना कोरोना पोजेटिभ पुष्टि भएको छ भने हालसम्म उपचार भैरहेका शंकास्पद संक्रमित १७९ जना रहेको जनाइएको छ । ती मध्येबाट ७८ जना निको भई घर गइसकेको उनले बताए ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार