किसान आन्दोलनको अनवरतरुपले नेतृत्व गरिरहने अखिल नेपाल किसान महासंघको प्रतिवद्धता

१८ श्रावण २०७७, आईतवार १५:२१ मा प्रकाशित

काठमाण्डौ । अखिल नेपाल किसान महासंघले किसान आन्दोलनको अनवरतरुपले नेतृत्व गरिरहने प्रतिवद्धता जनाएको छ ।

किसान शहीद दिवस तथा ६७औँ भीमदत्त पन्त स्मृति दिवस तथा २३औँ तुलसीलाल अमात्य स्मृति दिवसको उपलक्ष्यमा अखिल नेपाल किसान महासंघको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै उत्तः प्रतिवद्धता जनाइएको हो ।

महासँघका संयोजक हरि पराजुली र सहसंयोजक चित्रबहादुर श्रेष्ठद्धारा जारी विज्ञप्तिमा भनिएको छ– क। भीमदत्त पन्त, क। तुलसीलाल अमात्य र अन्य महान किसान नेताहरु तथा किसान शहीदहरुले नेपाली किसानहरु र समस्त नेपाली जनताको वर्गीय मुक्ति आन्दोलनमा खेलेको ऐतिहासिक भूमिकाको उच्च सम्मान गर्दै उहाँहरुले देखेको कृषि क्रान्ति गर्ने, अन्याय, अत्याचार, शोषण तथा विभेदरहित, समानता र स्वतन्त्रतासहितको नयाँ नेपाल निर्माण गर्ने सपना साकार पार्न दृढ रहदैँ नेपाली किसान आन्दोलनको अनवरतरुपले नेतृत्व गरिरहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार