कोरोना संक्रमणका कारण थप एक जनाको मृत्‍यु

१७ श्रावण २०७७, शनिबार १८:२७ मा प्रकाशित

वीरगञ्‍ज । वीरगञ्‍जमा कोरोना संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ ।

नारायणी वयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी वीरगञ्‍ज-१६ की ५० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

साउन १४ गते अस्पतालमा भर्ना भएकी उनको शुक्रबार स्वाबको नमुना संकलन गरी पिसीआर परीक्षणका लागि नारायणी अस्पतालको पिसीआर ल्याबमा पठाइएको थियो । तर रिपोर्ट नआउँदै उनको शनिबार विहान मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।

सुगरबाट ग्रसित ती महिलामा निमोनिया र हाईपर टेन्सन समेत रहेको बताइएको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार