काठमाडौँ उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण

१७ श्रावण २०७७, शनिबार १६:५९ मा प्रकाशित

काठमाण्डौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन ।

आज थपिएका संक्रमितमा काठमाडौँका ५ र भक्तपुरका १ जना रहेका छन्।

योसँगै नेपालमा पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना पुष्टि भएको छ।

प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको ५ हजार ३३८ संख्या रहेको छ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार