सांसद प्रदिप यादवलाई कोरोना संक्रमण, पर्सामा ६४ संक्रमित थपिए

१७ श्रावण २०७७, शनिबार १२:२६ मा प्रकाशित

वीरगञ्ज । पर्सामा फेरि ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पु्ष्टि हुनेमा प्रतिनिधिसभा सदस्य प्रदीप यादव पनि छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणकामा १५ देखि ६८ वर्ष उमेर समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।

उनका अनुसार सांसद यादवसहित उनीसँगै स्वाब दिएका अरु २ जना, नारायणी अस्पतालका चिकिसक र कर्मचारी गरी २ जना, मास टेष्टिङका क्रममा स्वाब संकलन गरिएका ४३ जना, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना र नारायणी बयोधा अस्पतालका २ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये ३ जना महिला छन् ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार