भियतनाममा पहिलोपटक कोरोना संक्रमणबाट मृत्यु

१७ श्रावण २०७७, शनिबार १०:३४ मा प्रकाशित

बीबीसी । कोरोना महामारी फैलिएयता भियतनाममा पहिलोपटक मृत्यु भएको छ।

त्यहाँको सरकारी सञ्चारमाध्यमका अनुसार सेन्ट्रल सिटी होइएनमा ७० वर्षका संक्रमितको शुक्रबार मृत्यु भएको हो।
योसँगै भियतनाममा कोरोनाबाट मृत्यु नभएको अवस्था अन्त्य भएकाे छ।

उनको मृत्यु भएको केही घण्टामै कोरोना संक्रमणबाट अर्का ६१ वर्षीय व्यक्तिको पनि मृत्यु भएको भियतानामी सरकारी सञ्चार माध्यमले जनाएको छ। दुवै जनाको अवस्था पहिलेदेखि गम्भीर रहेको बताइएको छ।

पछिल्लो तीन महिनायता भियतनाममा स्थानीय स्तरमा कोरोना संक्रमण देखिएको थिएन। तर यस हप्ताको सुरुवातमा दानाङ रिसोर्ट नजिक कोरोना संक्रमण फैलिइरहेको छ। जुलाई २५ देखि अहिलेसम्म उक्त क्षेत्रमा ९३ जनामा कोरोना संक्रमण देखिएको छ।

९ करोड ५० लाख जनसंख्या रहेको भियतनाममा अहिलेसम्म जम्मा ५४६ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ।

भियतनाममा यसरी कोरोना संक्रमण नियन्त्रण हुनाका कारण त्यहाँ संक्रमण देखिनुअघि नै देशका सबै सीमा बन्द गरिएको थियो। आफ्ना देशका नागरिकलाई मात्र स्वदेश फर्किन दिइएको थियो। तर उनीहरूलाई पनि १४ दिन क्वारेन्टिनमा बस्न अनिवार्य गराइएको थियो।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार