संघीय सांसद प्रदीप यादवलाई कोरोना संक्रमण

१७ श्रावण २०७७, शनिबार ०७:२० मा प्रकाशित

पर्सा । संघीय सांसद प्रदीप यादवलाई कोरोना संक्रमण देखिएको छ। पर्साबाट निर्वाचित यादव जनता समाजवादी पार्टीका सांसद हुन्।

नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित पर्सा जिल्लाका थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिए।

सांसद यादवका अंगरक्षक र चालकलाई पनि कोरोना संक्रमण देखिएको छ।

संक्रमित हुनेमा एक जना चिकित्सक पनि छन्।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार