बनखुचौरबाट ४ सय बढीले लिए नागरिकता

१६ श्रावण २०७७, शुक्रबार २०:२९ मा प्रकाशित

डिबी लामा, काभ्रे । जिल्लाको विकट क्षेत्र मानिने महाभारत गाउँपालिकास्थित रहेको इलाका प्रशासन कार्यालय बनखुचौरबाट ४ सय बढीले नयाँ नागरिकता लिएको छ ।

कार्यालयबाट चालु आर्थिक वर्ष २०७६/०७६ मा ४ सय ७ जनाले नयाँ नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले जनाकारी दिए । नागरिकता बनाउनेमा महिला १ सय ७७ जना र पुरुष २ सय ३० जना रहेका छन् ।

इलाका प्रशासन कार्यालय, बनखुचौरको उद्घाटन तथा सञ्चालनको पहिलो दिनमै महाभारत गाउँपालिका–६ की अनिथा थिङले पहिलो नागरिकता प्राप्त गरेको थियो । २०७५ जेठमा अनितासँगै उनका भाई प्रविण थिङले जिल्ला प्रशासन कार्यालयका पुर्व प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतबाट नागरिकता लिएका थिए ।

महाभारत गाउँपालिकाको अध्यक्ष कान्छालाल जिम्बाले इलाका प्रशासन कार्यालयबाट पालिकाभित्र नागरिकहरुले वंशजको आधारमा नयाँ नागरिकता बनाएको डाँडापारि सन्देशलाई जानकारी दिए ।

जिल्ला प्रशासनबाट ७ हजार ३ सय बढी
जिल्लामा ७ हजार ३ सय ९१ वटा नयाँ नागरिकता बनेका छन् । ३ हजार ८ सय १ जना महिलाले नागरिकता बनाउँदा ३ हजार ४ सय ९७ जना पुरुषले नागरिकता बनाएका छन् ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय धुलिखेलबाट महिला १ हजार ९ सय २५ जना र पुरुष ३ हजार १ सय २५ गरी जम्मा ५ हजार ५० जना र इलाका प्रशासन बनखुचौरबाट महिला ३० जना र पुरुष ५३ जना गरी ८३ जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको छ ।

 लिंग परिवर्तन गरी लिए नागरिकता
जिल्ला प्रशासन कार्यालय काभ्रेबाट एक जना व्यक्तिले पुरुषबाट महिला बनी लिंग परिवर्तन गरी प्रतिलिपी नागरिकतासमेत लिइसकेको कार्यक्रममा प्रजिअ तिमल्सिनाले बताए ।

त्यस्तै बैवाहिक अगिंकृत नागरिकता ३ जनाले प्राप्त गरेका छन् ।

२०२२ मा स्थापित तथा स्थानिय प्रशासन ऐन २०२८ बमोजिम कार्य सम्पादन हुँदै आएको जिल्ला प्रशासन कार्यालयभि गृह मन्त्रालय अन्तर्गत संघिय सरकारको प्रतिनिधिको रुपमा र वागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयसंगको समन्वय र सहकार्यमा जिल्लामा प्रशासनिक तथा अर्ध न्यायिक काम गर्दै आएको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार