विराटनगरमा शनिबारदेखि दुई साताका लागि पुन: लकडाउन

१६ श्रावण २०७७, शुक्रबार १७:०४ मा प्रकाशित

विराटनगर । विराटनगर महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी दुई साताका लागि पुन: लकडाउन लागु गरिएको छ ।
नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबारको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिए ।

‘महानगरभित्र एक सय जना भन्दा बढी संक्रमित फेला परिसकेका छन् । समुदायमा संक्रमणको दर बढ्दो छ,‘त्यसैले अत्यावश्यक बाहेक अन्य कामका लागि बाहिर निस्कन बन्देज लगाउने निर्णय गरेका छौं ।’ पराजुलीले भने

सरकारले साउन ७ गतेदेखि चार महिने लकडाउन अन्त्यको घोषणा गरे पनि संक्रमण बढ्दो देखिएपछि ठाउँ-ठाउँमा स्थानीय सरकारले भने निषेधाज्ञा जारी गरेका छन्।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार