‘एएमएल ल्युकेमिया’ पीडित मनोजको उपचारको लागी सहयोगको याचना

कमल राज पुरी १५ श्रावण २०७७, बिहीबार समाचार

काठमाण्डौ । भारतको नयाँ दिल्लीमा उपचारत गुल्मीका मनोज गिरीको उपचार खर्च ४५ लाख (भा.रु ) भन्दा धेरै लाग्ने भएपछी सहयोगको याचना गरेका छन ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नं १ अरेवा घर भई बुटवल बहुमुखी क्याम्पसमा बीएस्सी तेस्रो वर्षमा अध्ययनरत गिरी अहिले रगतमा ‘डब्लूबीसी’ बढेसंगै उत्पन्न भएको ‘एएमएल ल्युकेमिया’ को उपचारको लागि भारतको नयाँ दिल्लीमा रहेको राजीव गान्धी क्यान्सर अस्पतालमा छन् ।

अस्पतालले उपचारका लागि मात्रै भा.रु. ४५ लाखभन्दा धेरै लाग्ने बताएपछि खर्च जुटाउन उनीहरुलाई समस्या परेको छ । गिरीको रुपन्देहीको तिलोत्तमामा रहेको एउटा घडेरीलाई बन्दकी राखेर ऋण धन गरेर उपचार सुरु गरिएको छ तर, त्यसले नपुगेर किमोथेरापी रोकेरै नेपाल फर्काउनुपर्ने स्थिती आउन सक्ने परिवारले बताएको छ । परिवारले सबैलाई सहयोगको अपिल गरेको छ । अहिले उनको परिवार , आफन्त तथा सहयोगि मन भएका देश तथा बिदेशमा रहका नेपालीहरु उनको उपचार खर्च जुटाउन लागि परेका छन ।त

उनलाई सहयोग गर्न चाहानेहरुले जमुना गिरीको नेपाल एसबीआई बैंक लिमिटेड बुटवल शाखाको खाता नम्बर: 19115243403251 NPR/SBA
e-sewa id : 9847341341
(Jamnuna Giri)। मा सहयोग गर्न सकिने परिवारले बताएको छ । साथै जापान बाट अम्मंर गिरी फोन नं 080 3295 8259
हिरोसिया नागासाकी धनिसोर अर्याल फोन नं 090 8607 2711
होकाईदो बाट कृष्ण खत्री फोन नं – 08096123498
सहयोग रकम jpको यस खाता नं 19730-15743221 मा जम्मा गरि रसिद पनि पठाउन सकिनेछ ।
भारतबाट सहयोग को गर्नको लागि
ईश्वर सिंह दिल्ली 99109 76925 – 9560199878
काठमाण्डौ बाट कमल राज पुरी – 9857059868
सन्तोष गिरी – 9841557236
लालू गिरी बुटवल 9841041144
अमृत गिरी बुटवल फोन नं 9857022345 मा सम्पर्क गरेर पनि सहयोग गर्न सकिने बताइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार