कोरोनाबाट साउदी अरेबियामा कार्यरत ३५ भन्दा बढी नेपालीको मृत्यु, ४ हजार बढी संक्रमित

१५ श्रावण २०७७, बिहीबार १९:०० मा प्रकाशित

साउदी अरेबिया । कोरोना संक्रमणबाट साउदी अरेबियामा कार्यरत ३५ भन्दा बढी नेपालीको मृत्यु भएको छ । ४ हजारभन्दा बढी संक्रमित भएका छन् ।

दुतावासका अनुसार कोरोनाबाट २० दिनभित्र ५ जना नेपालीको मृत्यु भएको छ भने दुतावासका २ जना कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको छ ।

साउदीमा हालसम्म २ लाख ७२ हजार ५ सय ९० जनामा संक्रमण देखिएको छ भने २ हजार ८ सय १६ जनाले ज्यान गुमाएका छन् । २ लाख

२ हजार १ सयभन्दा बढीको अवस्था गम्भीर छ भने २ लाख २८ हजार ५ सय ६९ जना संक्रमित निको भएका छन् ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार