प्रहरीद्वारा सिरहामा सर्वसाधारणलाई माक्स वितरण

उज्यालो प्रतिनिधि १४ श्रावण २०७७, बुधबार फोटो समाचार

गणेश कुमार ठाकुर,सिरहा । प्रहरीद्वारा सिरहामा सर्वसाधारणलाई माक्स वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट बच्नका लागि सिरहा प्रहरीले सचेतनामुलक कार्यक्रम गर्नुका साथै माक्स वितरण गरेको हो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाको आयोजना कार्यक्रममा भाईरसबाट बच्ने उपायहरुबारे सर्वसाधारणलाई जानकारी गराउदै माक्स वितरण गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले बताए ।
पछिल्लो समय जिल्लामा संक्रमितको संख्या बढ्दै गईरहेको र लकडाउन पनि हटिसकेको अवस्थामा हुने लापरबाहीका कारण संक्रमण वृद्धि हुने भएकोले जिल्ला प्रहरी कार्यालय सिरहाको मातहत रहेको प्रहरी कार्यालयहरुद्धारा चोकःचोकमा सर्वसाधारणलाई सचेत गराईरहेको छ ।

प्रहरीले जनचेतनाका साथै उनीहरुलाई अनिवार्य रुपमा माक्स लगाउन सचेत गराईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक (एसपी) उमा शंकर पजियारले जानकारी दिए । सकडमा बिना माक्स लगाई मोटरसाईकल, साईकल र पैदल हिडने १ हजार जनाभन्दा बढीलाई माक्स प्रदान गरिएको एसपी पजियारले जानकारी दिए ।

संक्रमणबाट आफू मात्र नभई अरुलाइ बचाउनका लागि पनि मास्कले मद्दत पुग्ने प्रमुख जिल्ला अधिकारी कडेंलले बताए । प्रमुख जिल्ला अधिकारी कडेंलले भने संक्रमणका कारण छिमेकी जिल्ला आक्रान्त बनिरहेको अवस्थामा सिरहाबासी पनि सजह हुन आवश्यक रहेको बताए ।
उनले समयमै सबैजना सतर्क भएमा संक्रमण नफैलिने भएकोले यसबाट जोखिने उपायहरुमा विशेष ध्यान दिनुपर्ने बताए । उनले सकेसम्म तातो पानी खान, सरसफाईमा ध्यान दिनुका साथै पटकःपटक साबुन पानीले मिचिमिची हात धुने बानीको विकास गर्न आवश्यक रहेको बताए ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेंलले भने यस्ता बानीहरु नअपनाई बिना मास्क सडक, बजारमा हिड्डुल गरेमा संक्रमण रोग ऐन अन्तर्गत १ सय रुपैयाँ जरिवाना गर्ने समेत जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार