पनौती क्षेत्रीय रंगशालाको विवाद मिलोमतोमा टुंङ्गियो

१४ श्रावण २०७७, बुधबार ०८:३७ मा प्रकाशित

डिबि लामा,काभ्रे । बिगत लामो समयदेखी विवादमा रहेको क्षेत्रीय रंगशालाको विवाद टुंङ्गिएको छ । जिल्लाको पनौती नगरपालिका वडा न. ७ स्थित बन्दै गरेको केही बर्ष अघि देखि रंगशालाको विबाद भए पनि आज सो विवाद मिलोमतोमा टुंगो लागेको हो ।

पनौतीका केही नेताकार्यकर्ता लगाएतका टिम मिलेर क्षेत्रीय रंगशाला ल्याउने प्रास्ताव आएसङ्गै केन्द्र सरकार तथा प्रदेशबाट केही रकम विनियोजन भए लगतै रंगशालाको निर्माण कार्य अघि बढेपछि केही काम सम्पन्न हुँदै गर्दा स्थानीय कंडेल परिवारबाट सो विबाद उत्पन्न भएको थियो ।

सो जग्गा कंडेल परिवारको नाममा रहेको पुष्टि भएपछि बीचमा निर्माण हुँदै गरेको रंगशाला रोकिएको हो । जग्गा १७ रोपनी १४ आना २ पैसा रहेको कंडेल परिवारको दाबी सो जग्गाको मुल्यांकन र जग्गा बराबरको क्षतिपुर्ती नदिए सम्म रंगशालाको काम अगाडि नबढाउने माग रहेको थियो ।

विवादलाई टुंगो लगाउनका लागि पनौती वडा न.७ का वडा अध्यक्ष रामचन्द्र नास्नानिको पहलमा विबाद्लाई पीडित पक्ष र स्थानीयका जनप्रतिनिधि राखेर मिलाउने काम अघि सारेको छ । पीडित कंडेल परिवारका ५ दाजुभाई माध्ये ४ जनालाई १ करोड ६० लाख र १ जनालाई १ रोपनी जग्गा बराबरको पैसा १ करोड ९२ लाख दिने सहमतीमा वडा न. को पहलमा विवाद टुङ्गिएको वडा अध्यक्ष नास्नानिलेउज्यालो नेटवर्कलाई जानकारी दिनु भयो ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार