गुगलका कर्मचारी अझै ११ महिना घरमै बसेर काम गर्ने

१३ श्रावण २०७७, मंगलवार १०:०३ मा प्रकाशित

बीबीसी । गुगल कम्पनीले आफ्ना कर्मचारी अझै ११ महिना घरमै बसेर काम गर्ने बताएको छ।

यसअघि यही वर्ष (सन् २०२०) को अन्त्यसम्ममा कर्मचारी कार्यालयमा फर्किने बताएको उसले अब सन् २०२१ जुनदेखि मात्रै आउने जानकारी दिएको हो।

गुगलका प्रमुख सुन्दर पिचाईले इमेलमार्फत खबर पठाउँदै जुन कर्मचारी कार्यालय आइरहन आवश्यक छैन, उसलाई आगामी वर्षको मध्यसम्म घरमै बसेर काम गर्न भनेका हुन्। याे काेराेना महामारीकाे असर हाे।

विश्वभर गुगलका २ हजार कर्मचारी छन्। गुगलले गत मेमा यही वर्षको जुनदेखि नै विभिन्न स्थानमा रहेका आफ्ना कार्यालय पुनः खोल्ने जनाएको थियो। तर उसले धेरैजसो कर्मचारी यस वर्षको अन्त्यसम्म घरमै बसेर काम गर्नेछन् भनेको थियो।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार