एम्बाप्पेले च्याम्पियन्स लिगका खेल खेल्न नसक्ने

१३ श्रावण २०७७, मंगलवार ०६:३५ मा प्रकाशित

काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी ) का फरवार्ड केलियन एम्बाप्पेले च्याम्पियन्स लिगका खेल खेल्न नसक्ने भएका छन् ।

खुट्टाको चोट कारण एम्बाप्पेले आगामी अगष्ट १२ मा च्याम्पियन्स लिग अन्तर्गतको क्वाटरफाइनल खेल गुमाउने भएका हुन् । पीएसजीको च्याम्पियन्स लिगको क्वाटरफाइलनमा अगष्ट १२ मा एटलान्टासँग खेल हुदैछ ।

२१ वर्षीय एम्बाप्पेले फ्रेन्च कपको फाइनल खेल दौरान चोट बोकेका थिए । उनलाई सेन्ट इटिनेका डिफेन्डर लोइक पेरिनले खराब ट्याकल गरेका थिए ।

विपक्षी टिमको डिफेन्डरको खराब ट्याकलको कारण उनले पहिलो हाफमै मैदान छाडेका थिए । एम्बाप्पेको चोट निको हुन कम्तिमा ३ साता लाग्ने बताईएको छ ।

तर, पीएसजी सेमिफाइनलमा पुगे उनी अगष्ट १८ मा उक्त खेलबाट भने मैदान फर्कन सक्ने सम्भावना रहेको बताईएको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार