कोरोना कहरबीच सिरहाका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो

उज्यालो प्रतिनिधि १२ श्रावण २०७७, सोमबार २ नं. प्रदेश

गणेश कुमार ठाकुर,सिरहा । सिरहाका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो रहेको छ । साउनको दोस्रो सोमवार सिरहाका शिव मन्दिरहरुमा भक्तजनहरुको सतर्कता नअपनाइ पुगेका छन् । सरकारले भिडभाड नगर्न र मास्क अनिवार्य लगाउन आग्रह गरे पनि उनीहरुले बेवास्ता गरेका छन् ।

विभिन्न ठाउँमा रहेको शिव मन्दिरहरुमा जल लिइ भक्तजनहरु शिवलिङ्गमा जल चढाउन बिहानैदेखि लाइनमा बसेका हुन ।
साउन महिनामा खासगरी हिन्दु धर्मालम्बीहरुले भगावन शिवको पूजा आराधना र व्रत बस्ने परम्परा छ । हिमालयकी पुत्री पार्वतीले साउन महिनामा निराहार ब्रत बसेर भगान शिवलाई प्राप्त गरेको विश्वासमा महिलाहरुले साउनमा ब्रत बस्ने गर्दछन् ।

साउनको महिनालाई भगवान शिवको नाममा उपासना बसी शिव महिमा गरिने विशेष महिना मानिने हुँदा भक्तजनहरु उपासनासहित नजिकको पवित्र नदी, कुण्ड तथा तलाउबाट जल ल्याउने र शिवलिंङ्गमा चढाउने गर्दछन् । यसो गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
यता,आइतबार गृह मन्त्रालयले ७७ जिल्लाकै प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी मास्क नलगाउनेलाई कारवाही गर्न निर्देशन दिएको थियो । तर, मठमन्दिरमा विनामास्क, भिडभाड गरेर पूजापाठ गरे पनि सम्बन्धित निकाय मौन रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार