सिरहामा शान्ति युवा क्लबद्धारा रक्तदान कार्यक्रम

१२ श्रावण २०७७, सोमबार १७:३० मा प्रकाशित

गणेश कुमार ठाकुर, सिरहा । जिल्लाको मिर्चैया नगरपालिका वडा नं.५ मा शान्ति युवा क्लबले रक्तदान कार्यक्रम गरेको छ ।
कृष्ण जन्माष्टमीको उपलक्ष्यमा विहिबार शान्ति युवा क्लबद्धारा आयोजना गरिएको उक्त रत्तदानमा ५० जनाले रक्तदान गरेको शन्ति युवा क्लब मिर्चैयाका अध्यक्ष रामनारायण साहले जनकारी दिनुभयो ।

शन्ति युवा क्लब मिर्चैयाका अध्यक्ष साहले भनुभयो नेपालमा रगतको अभावका कारण धेरै घाइते तथा बिरामीले ज्यान गुमाउनुपरेको सन्दर्भ उल्लेख गर्दै सामूहिक रक्तदानले त्यस्तो अभाव पूरा गर्न मद्दत मिल्ने बताए ।

रक्तदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी सिरहाका प्रदिपराज कडेंल,अतिथि नेपाल रेडक्रस सोसाईटी उप–शाखा मिर्चैयाका अध्यक्ष जिवन कुमार श्रेष्ठ, जनता समाजवादी पार्टिका प्रदेश नं. २ प्रदेश सदस्य विष्णु साह,नगरका विभिन्न वडाका वडाध्यक्षहरु लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, नगरवासी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार