| Monday 27 July, 2020

भारतमा एकैदिन झन्डै ५० हजार जनामा कोरोना संक्रमण

एजेन्सी । भारतको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित भएकाको कुल संख्या १४ लाख ३५ हजार ४५३ पुगेको छ । तीमध्ये चार लाख ८५ हजार ११४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने नौ लाख १७ हजार ५६८ जना सङ्क्रणमुक्त भइसकेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट सङ्क्रमित भएर ७०८ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ३२ हजार ७७१ पुगेको अधिकारीले जनाएका छन् ।

प्रदेशअनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र राज्यमा तीन लाख ७५ हजार ७९९ सङ्क्रमित भएका छन् । त्यसैगरी तमिलनाडुमा दुई लाख १३ हजार ७२३ जना र दिल्ली राज्यमा एक लाख ३० हजार ६०६ जना सङ्क्रमित भएका छन् । –एएनआई

खोज्नुहोस्

फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी संक्रमित

पेरिस । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घन्टा यता मात्र कम्तीमा पनि ४१ हजार ६२२ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । यो संख्या सँगै कोभिड १९ को महामारी पछि नै २४ घन्टामा सबैभन्दा बढी व्यक्ति

सार्वजनिक यातायात एक महिनादेखि खुलेपनि यात्रु नहुँदा बसपार्क भरिभराउ

देशको समृद्धिकाे आधार भनेकाे जाति, भाषा र संस्कृतिकाे संरक्षण र