अबको तीज, नो ब्रत प्लीज !

१० श्रावण २०७७, शनिबार २०:४७ मा प्रकाशित

लामो समयको बन्दाबन्दीको कारणले निसासिएका, तड्पिएका र दिग्दारी भएको बेलामा नै तीजले पनि झ्वाप्प छोपेर आउँदैछ । तीजले गर्दा संगितको दुनिया गत वर्ष झैं यसपाली पनि गजवले रंकिने र तातिने लक्षण प्रष्ट हुँदै छ । त्यसकारण, तीजको मौका छोपेर धेरै कलाकारहरुले दर्शकका बीचमा विभिन्न सांगेतिक कोशेलीहरु लिएर पक्कै आउँदैछन् र आउँछन् पनि । यसै सन्दर्भमा सोफिया थापाले पनि एउटा गीत लिएर नेपाली दर्शकहरुका बीचमा आएकी छन् । तर, त्यो गीतले सांगेतिक दुनियामा मात्र नभएर नेपाली समाजमा एक प्रकारको हलचल नै ल्याइ दिएको छ । किनकी उक्त गीत तीज र हिन्दु धर्म विरुद्धमा छ भन्दै विश्व हिन्दु महासंघको अनुरोधमा युट्युवबाट हटान लगाइएको छ । जुन गीत यसप्रकार छ :
अबको तीज, नो ब्रत प्लीज ।
नो खुट्टाको पानी
महिला पुरुष, दुवै नै वरावरी ।।

गीतमा खासै मिठास नभए पनि गीतको भाव भने यसप्रकार छ । तीजमा निरआहारसँग महिनौंसम्म किन बस्ने ? जुन स्वास्थ्यको लागि समेत उपयुक्र्त छैन् । खुट्टाको पानी किन खाने ? के त्यो पानी खान ठिक होला ? अनि महिलाले मात्र किन खाने ? के पुरुषले ब्रत बस्ने महिलाको खुट्टाको पानी चाहिँ खानुहुन्न् र ? हो, यहाँनिर विभेद स्पष्ट रुपमा देखिन्छ । त्यसैले, गीतले भन्न खोजेको विषय के हो भने अबदेखि समाजमा महिला पुरुष वरावरी हुनुपर्छ । प्राकृतिक रुपमा होइन्—सांस्कृतिक रुपमा अथवा सामाजिक मूल्य मान्यताको आधारमा ।

आज यो गीतले समाजलाई प्रष्टगरी दुई चीरामा विभक्त गरिदिएको छ । कसैको लागि गीतमा यथार्थता छ । किनभने तीजमा महिलाहरु ब्रत बस्छन्, आरधना गर्छन् र गीत संगितको माध्यमबाट आफ्नो दुःख र पीडाहरु अभिव्यक्त गर्छन् । तर, ती अभिव्यक्त गरिएका दिदीबहिनीको दुःख पीडा भनेको पितृसत्ताको उपज हुन् । जुन समता र समान्तामा आधारित छैनन् । तर, अरु मान्छेहरुको लागि उक्त गीत तीजको भावना विरुद्धमा छ । हिन्दु धर्म र संस्कारको मर्ममा गम्भिर प्रहार छ । आ

स्तिकहरुको भावनालाई गम्भिर रुपमा चोट पुर्याउँने मात्र नभएर समाजमा विकृति फैल्याउँने जुन गीत छ , त्यसलाई बन्देज गरिनुपर्छ । तीज मान्नेहरुले जसरी पनि मान्दा हुन्छ अरुलाई के फरक पर्छ र ? भोकभाकै बसुन कि, खुट्टाको पानी खाउँन कि अथवा सिँन्दुर, पोते लगाएर गुडिया जस्तै भएर बसुन । के मतलव ? तर, हाम्रो धर्म र संस्कृतिमाथि यसरी प्रश्न गर्न सुहाउँदैन र कसैलाई कुनै अधिकार छैन् । तीज हाम्रो संस्कार हो, विशेषगरी हिन्दु महिलाको चाड हो । त्यसैले, तीजलाई व्यङग्य गर्ने, विभेदपूर्ण चाड, महिला प्रताडीत पर्व भनेर समाजमा अवाफ फैल्याउँने जुनसुकै गीतसंगीतलाई बन्देज गरिनुपर्छ र त्यसता व्याक्तिहरु हिन्दु धर्म विरोधी हुन् भनेर सोच्नुपर्छ । यी केही मान्छेहरुका तर्कहरु हुन् , जुन तर्क अथवा भावना उनीहरुको मन र मस्तिकमा अहिले नै झ्वाट्टै आएको होइनन् । जुन हजारौं वर्ष देखि पितृसत्ताको विरासतले जबर्जजस्ति रुपमा लादेको सोच र त्यसको इमान्दारीका साथ गरिएको अभ्यासको परिणम हो ।

यही पितृसत्ताको भुङग्रोमा महिलाहरु अझैसम्म प्रताडित छन् । पितृसत्ताले निर्माण गरिदिएको संरचनाहरु नै महिलाहरुको लागि संसार बन्न गयो । त्यही संरचना भित्र उनीहरु सती, बोक्सी, झुमा, देउकी र छाउपडीको नामले परिचित भए । अनि त्यही संरचनाले प्रकार्य गरेको सामाजिक मूल्य र मान्यताहरुमा उनीहरु फन्फनत्ी चारैतर्फ घुम्दै नाच्छन् । खुशी र आनन्दीत हुन्छन् । र, यसरी नाच्न पाउँनु नै उनीहरुको स्वतन्त्रता र लोकतन्त्रको रुपमा व्यख्या गरिन्छ । तर, आदरणीय वरिष्ठ प्रध्यापक डा. संजिव उप्रेतीले भन्नु भए झैं पितृसत्ताले निमार्ण गरेको ‘संरचनागत लाभाशं’ बाट महिलाहरु पूर्णरुपमा बन्देज छन् । किनकी सामाजिक, सांकृतिक अथवा विविध संरचनाहरु केवल पुरुषप्रधान छन् । ‘संरचनागत लाभाशं’ केवल पुरुषहरुले मात्र प्रप्त गरेका छन् । त्यसकारण, समाजमा लैंगिक विभेद छ , जसलाई धर्म र संसकारले झन् मजबुद बनाउँन विशेष भुमिका खेलेको हुन्छ भन्नका लागि हिच्किचाउँनु पदैन् ।

विश्व प्रसिद्ध फ्रान्सेली नारीवादी लेखक सिमोन डी विभोरको महिलाको संदर्भमा एउटा प्रख्यात भनाइ छ , ‘समाजमा महिलाहरु जन्मिनदैनन् , महिला बनाइनछन् ।’ समाजमा जन्मिएर भन्दा पनि, समाजमा हुर्किन्दै गर्दा अथवा सामाजिकिकरण हुदैगर्दा पितृसत्तात्मक सोच र अभ्यासले गर्दा उनीहरु महिला हुन्छन् अथवा बनाइन्छ । उनीहरुको लैंगिक पहिचान प्राकृतिक रुपले नभएर सामाजिक सांस्कृतिक मूल्य मान्यताले निर्धारण गर्दछ । त्यकारण, उनीहरु विभेदको जंजिरले बाँधिन्छन् । दमन, शोषण र अत्यचारको जाँतोमा घुमाइघुमाइ पिसिइन्छन् । यो कपोकल्पित नभइ समाजको वास्तविक्ता हो । अझै पनि हाम्रो समाजमा लैंगिक विभेद कायम नै छन् । छोरा र छोरीबीचमा संकृतिक मूल्य मान्यता, शिक्षा, सम्पती लगायतका तमाम विषयहरमा विभेद नभएको होइन् । समाजमा छोराको अत्याधिक महत्व, छोरी भएमा भ्रुण हत्या गर्ने चलन झन झांगिर आएको अनुभूति भएको छ । छोरा जन्मिदा बैतडी नदी तर्न सक्ने, नाती जन्मदा स्वर्गमा बास र पनाती जन्मदा सूर्य लोकको बास हुन सक्ने जस्ता मनगढन्ते र भ्रामक संस्कारले छोरी हुनुमा गर्व गर्नु भन्दा पनि छोरी भएकोमा उनीहरुको मनोविज्ञान झन कम्जोर बनाउँछ ।

सााजिक संरचना सहित राज्यको नीति पनि लैंगिक समान्ताको सवालमा निकै अनुदार छ । किनकी संविधान नै लैंगिक विभेदको पक्षमा देखिन्छ । राज्यले प्रदान गर्ने अङगिकृत नागरीक्तामा पनि महिला र पुरुषमा विभेद देखिएको छ । विदेशी महिला नेपालकी बुहारी भएमा ७ पर्ष पछि नीजलाई अङगिकृत नागरिक्ता दिइने प्रावधान छ । तर, विदेशी पुरुष नेपालमा ज्वाँइ बनेर आएमा नीजले तत्काल अङगिकृत नागरिक्ता प्राप्त गर्ने प्रावधान आफैमा विरोधाभास छ । यहाँ सवाल नागरिकताको मात्र होइन् , सवाल लैंगिकताको छ । जुन राज्य स्तरबाट नै लैंगिक विभेद नहुनु पर्नेमा भएको देखिन्छ ।

त्यसकारण, महिला अधिकार, शसक्तिकरण, जागरण, समान्ता अनि सम्वृद्घिको कुरा गर्दा सामाजिक संरचनाहरुलाई बुझ्न अपरहिार्य छ । त्यो संरचनाले निर्माण गरेको सामाजिक मूल्य मान्यता अथवा चाड पर्वलाई नजिकबाट नियाल्न र अभ्यास गर्न सक्नुपर्छ । जुन संरचनाले अथवा चाडपर्वले समाजमा पुरुषलाई बलियो र महिलालाई निम्छरो बनाउँन भूमिका खेलेको हुन्छ । अब, त्यस्तो चाड र पर्वहरुमा दिदीबहिनीहरु संस्कृतिको बन्दी बनेर , दास जस्तो भएर नाच्ने गाउँने र रमाउँने होइन् । बरु पितृसत्ताको यो विभेदपूर्ण विरासतलाई जरैबाट उखेलेर फाल्न हिम्मत गर्नुपर्छ । विभेदको पर्खाल भत्काउँन संकल्प गर्नुभएमा तबमात्र महिला स्वतन्त्रता र पूर्ण अधिकार प्राप्त हुन्छ । तसर्थ, तीजका विरुद्घमा कुनै गीत बजारमा आयो भनेर त्यो गीत नै प्रतिबन्द गर्नु भन्दा तीजका राम्रा पक्षलाई मात्र अनुसरण गर्दा सायद उत्तम हुन्छ होला । यहाँ , तीजको पक्ष विपक्षमा वाकयुद्घ गर्नु भन्दा पनि लैंगिकता र मानवताको बारेमा हामी गम्भिर बर्नौ ।

कुनै पनि चाडपर्व मानव हितका लागि हुनुपर्छ ताकी मानवका बीचमा विभेद र शोषण ल्याउँने होइन् । किनकी त्यो कृतिम हुन् —मान्छेले आफ्नो लागि बनाउका हुन् । तसर्थ, त्यो विभेद र शोषणरहीत हुन आवश्यक छ । तर, सरोकारीत पक्षले विचार गर्नुहोस् है कतै गायिका सोफिया थापाले व्यङग्य गरे झैं श्रीमानको खुट्टाको पानी खाएर यस पालीको तीज पूर्ण सफल भयो भनेर नभन्नु होला ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार