वागमतिमा दुई विधेयक प्रमाणीकरण

९ श्रावण २०७७, शुक्रबार १७:२३ मा प्रकाशित

हेटौंडा । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभाबाट पारित भई आएका दुई विधेयक आज प्रमाणीकरण गरेका छन् ।

प्रमाणीकरण भएका विधेयकमा प्रदेशमा आर्थिक कार्यविधि ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक २०७७ र वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ रहेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले बताए ।

प्रदेशसभाको बैठकले यही साउन ५ र ६ गते ती विधेयक पारित गरेको थियो ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार