सिडिओ कणेलको अगुवाईमा सिरहामा सरसफाई अभियान सुरु

८ श्रावण २०७७, बिहीबार १६:०५ मा प्रकाशित

गणेश कुमार ठाकुर,सिरहा । प्रमुख जिल्ला अधिकारी सिरहाका प्रदिपराज कणेलको अगुवाईमा सरसफाई अभियान सुरु गरेका छन् । प्रमुख जिल्ला अधिकारी कणेलको अगुवाईमा सिरहा सदरमुकामको विभिन्न भागमा सरसफाई गरिएको हो ।

सडक दुर्घटना कम गर्न र फोहरबाट हुन सकिने महामरीलाई ध्यानमा राखि जिल्ला अधिकारीको पहिलो प्राथमिकतामा सिरहा सदरमुकाम सरसफाई कार्यक्रमको अगुवाई प्रति नगरिक समाज खुशी भएका छन ।

“सदरमुकामको अवस्थालाई सुधारका लागि सकारात्मक पहलमा सबैको सहयोग हुनु पर्छ । सरसफाई एक दिन होइन् निरन्तर रुपमा चलिरहनु पर्छ । सरसफाईको दिर्घकालिन सामाधान पनि सरोकारवालाहरुले खोजि गरी बजार व्यवस्थित बनाउन तिर पनि ध्यान दिनु सदरमुकामको आवश्यकता हो ।” प्रमुख जिल्ला अधिकारी कणेलले बताउनु भयो ।


यता,सिरहा नगरपालिकाका बजारको मुल सडक ढल निकाष नभएको कारण ठाउँ–ठाउँमा जिर्न अवस्था रहेको छ । वर्षेपिछे पटक–पटक गुणस्तरीय हिन मर्मता भई सरकारमा बजेट खर्च हुने उक्त सडक दुर्घटनाका मुल कारण बनेको छ । सडक अवस्था बारे संसद देखि नगरपालिकालाई नगरवासीले जानकारी गराएपनि सडक संरचना सुधार गर्न कसैले ध्यान नदिईएको स्थानियवासीले अरोप लगाए ।

सरसफाई कार्यक्रममा सिरहा नगरपालिका मेयर असेश्वर प्रसाद यादब , जिल्ला समन्वय समिति सभापति रामचन्द्र ठाकुर, नेपाली सेना, शस्सत्र प्रहरी,नेपाल प्रहरी,स्थानीय समेत सहभागी थिए ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार