सिरहामा नेपाली सेना,मिर्चैया उधोग वाणिज्य संघद्धारा वृक्षारोपण

४ श्रावण २०७७, आईतवार १८:५९ मा प्रकाशित

गणेश कुमार ठाकुर,सिरहा । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.५ मा रहेको जय वजरंगवली सामुदायीक वन क्षेत्रमा नेपाली सेना, रामनगर मिर्चैया उधोग वाणिज्य संघद्धारा फलफूल वृक्षारोपण गरिएको हो ।

नेपाली सेना, रामनगर मिर्चैया उधोग वाणिज्य संघ तथा राष्ट्रियप्रमी नागरिक समुहको सहकार्यमा फलफूल तथा वृक्षारोपण कार्यक्रमको शुरु गरेको छ ।

जय वजरंगवली सामुदायीक वनमा ९ जातका फलफूल लगायत ८२ विरुवा लगाएको रामनगर मिर्चैया उधोग वाणिज्य संघका सचिव भरत महासेठले जानकारी दिए ।

त्यसमा जाबुनको विरूवा १० ओटा , अम्बाको विरूवा २० आटा, अमलाको विरूवा १० ओटा , पिपलको विरूवा ७ ओटा, बरहरको विरूवा १० ओटा , अशोक विरूवा ५ ओटा, कपुरको विरूवा ५ ओटा , आँपको विरूवा १० ओटा र विजमोहनका विरूवा १० ओटा रहेको रामनगर मिर्चैया उधोग वाणिज्य संघका सल्लाकार अशोक कुमार साहले बताए ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार