मानव सिर्जित प्रकोप र त्यसको जोखिम क्षेत्रहरु

३ श्रावण २०७७, शनिबार २०:५३ मा प्रकाशित

प्रकोप एउटा प्रकृतिक घटना हो । यसले धेरै ठुलो क्षति गर्छ । प्रकोप दुई प्रकारका हुन्छन् । प्रकृतिक प्रकोप अनि मानब सिर्जित प्रकोप । प्रकृतिक तत्वहरुबाट घट्ने घटनालाई हामी प्रकृतिक भन्छौ (भुकम्प) भने थोरै प्राकृतिक अनि धेरै मानवीय कारकहरुले घटेको प्रकोपलाई हामी मानब सिर्जित भन्छौ । जस्तो कि पहिरो, बाढी, अति वर्षा र जलवायु परिवर्तन । यस्ता प्रकोपले संसारका धेरै ठुला देशहरुमा पनि विनाश गरेको हुँदा हाम्रो देश नेपाल पनि यसको असर बाट अछुतो रहन सकेको छैन ।
बाढी, पहिरो अनि भुकम्पजस्ता प्रकोपले दुख दिएको बेला अहिले कोरोनाको असर त सायद न्युन होला भन्दा फरक नपर्ला । इतिहासका घटना हेर्ने हो भने २००१ मा भारतमा आएको भुकम्पले करिब २० हजा मानिसको मृत्यु भएको थियो । हिन्द महासागरमा आएको सुनामिले २ लाख ५० हजारको ज्यान लियो, जापानमा पानीमुनी आएको भुकम्पको कारण आएको सुनामीले पनि यस्तै पारीणाम निम्त्याएको थियो भन्दा फरक नपर्ला । त्यसैगरी २०१५ मा नेपालमा पनि ७.८ रेक्टरको भुकम्पले गर्दा ९ हजार भन्दाबढी मानिसको मृत्यु, अनि २२ हजारभन्दा बढी घाइते बनेका थिए । यसले गर्दा २५५ डलर अमेरिकी डलर क्षति हुनुका साथै हाम्रा विभिन्न क्षेत्रहरुमा ८ सय ६५ डलर घाटा व्यहोर्नु परेको थियो ।

भुकम्पको कारणले माटो खुकुलो हुन गई यसको मुल्य अहिलेसम्म पनि हामीले पहिरो, बाढी , भुक्षय , पानीका मुहान सुक्ने र कोभिड–१९ जस्ता महामारीको सिकार भइरहेका छौँ ।  केही दिन यतादेखि देशभर बदलीका कारण निरन्तर वर्षा भइरहेको छ । अत्याधिक वर्षासँगै धेरै स्थानमा बाढी पहिरो गइरहेको छ । जसबाट धेरै जनधनको क्षति भएको छ । वर्षायाममा हरेक वर्ष बाढी पहिरोको समस्या देखिने गर्छ । यता सरकार भने पहिरो बाढी नियन्त्रणका लागि प्रयास गरिरहेको दाबी गर्दै आएको छ । तर पनि राहत र उद्दारमा मात्रै केन्द्रित विपदको पूर्व तयारीले नेपालमा वर्षेनी थुप्रैले ज्यान गुमाउनु परेको छ । प्राकृतिक कारणले मात्र नभई नेपालमा मानवीय कारणले समेत पहिरोले ठूलो विपद निम्त्याएको र अबका दिनमा पनि त्यसले झन ठूलो रुप लिन सक्छ ।

भूकम्पले कमजोर बनाएको जमिन तथा जोखिम बढि भएको ठाउँमा पहिरो जाने सम्भावना धेरै हुने गर्दछ र यो कुरा पानीको मात्रा र समयले पनि पहिरो निर्धारण हुन्छ । पानी धेरै पर्न थाल्यो भने अवश्य पनि पहिरोको जोखिम धेरै हुने नै छ । मानव बस्तीको कारणले पनि पहिरो जान सक्छ । मानिसहरुले पानीको बहावको दिशा परिवर्तन गर्ने,नदी थुन्ने, पानीको निकासमा अवरोध गर्ने गरेको देखिन्छ । सबै जमिन कंक्रिटले छोप्दा पानी जमिन मुनि जान पाउँदैन । त्यसबाट नि खतरा हुन्छ । क्षेत्र पहिचान गर्दै मानिसहरुलाई स्थानान्तरण नगर्ने हो भने ठूलो मानवीय क्षति हुने सम्भावाना हुन्छ , यस्तै प्रकारले अनियन्त्रित प्रकोप भइरहेको खन्डमा धेरै मानिसहरु घरबारबिहिन अनी शरणार्थी हुन पुग्ने छन् । यसले सामाजिक, भौतिक धार्मिक, जैविक र आर्थिक क्षेत्रमा पनि अबरोध पुर्याउनका साथै देशमा सम्बेदनशील समस्याहरु आइपर्छन । प्रकोपको कुरा गर्दा कोभिड–१९ पनि मानब सिर्जित प्रकोप हो भन्दा सन्कोच नहोला ।

कोरोनाभाइरसको महामारी र यसका क्रुर आर्थिक असरहरुले आगामी विश्वव्यापी अनिकाल निम्त्याउने तय छ । पछिल्ला चार वर्षमा द्वन्द्व, जलवायु परिवर्तन र आर्थिक अस्थिरताले भोकमरीबाट ग्रस्त व्यक्तिको संख्या ८ करोडबाट १३ करोड ५० लाखसम्म पुर्याएकोे थियो । समग्रमा भन्दा एकातिर कोभिड–१९ र अर्कोतिर यि प्रकोपका कारण सन् २०२० मा २५ करोडभन्दा धेरै मानिस भोकमरी र गरीबीको रेखामुनी हुनसक्छन् ।

पहिल्यै जलवायु संकट र आर्थिक अस्थिरताको घेरामा परेका देशमा महामारीले भोकमरीलाई थप भयावह बनाउँदैछ । जिम्बाबेमा ३६ लाख जनताले डिसेम्बरमै भोकमरी सामना गरिरहेका थिए । हाम्रो तथ्याङअनुसार मार्चसम्म यो संख्या ८९ लाख पुगेको छ किनकी यहाँ अति खडेरी र आर्थिक संकट छ । बेलैमा हामीले उपायहरु अबलम्बन नगरे कोरोना भाइरस महामारी र यससँगै आउने बेरोजगारी, घट्दो निर्यात र युद्धजस्ता पक्षले दशौँ लाख व्यक्तिलाई यसै वर्ष भोको बनाउदैन भनेर आकडा गर्ने स्थीती हाम्रो पुगिसकेको छ ।

कोभिडको जोखिम कायम नै रहदा मनसुनको प्रवेशले पहिरोले राजमार्ग अवरुद्ध हुनु र घरबस्ती पुरिनु हरेक वर्षको नियति यसपाली नि झेल्नु परेको छ । भूकम्प, बाढीपहिरो र आगलागी हाम्रोमा जनधनको क्षति गर्ने प्रमुख प्राकृतिक प्रकोप हुन् । आगलागीबाहेक अरू विपत् भूगर्भ र जल तथा मौसमसँग गाँसिएका छन् । लामो अन्तरालमा जाने भएकाले क्षतिको हिसाबले भूकम्पले पुर्याउने क्षति न्यून हुन्छ । मुलुकमा बाढीपहिरोका कारण हरेक वर्ष दुई सयजनाभन्दा बढीको मृत्यु, तीनदेखि चार हजार घर ध्वस्त हुनुका साथै हजारौँ मानिस प्रभावित हुन्छन् । अर्बौंको धन क्षति हुन्छ । यसपालि मनसुन सुरु भएको केही दिनमै ५० भन्दा बढी ठाउँमा पहिरो गइसकेको छ भने ७६ जनाको मृत्यु भएको, ३५ जना बेपत्ता भएको र ७२ जना हराइरहेको तथ्यांक गृह मन्त्रालयको छ । मनसुनको करिब मध्यतिर मात्र पुगेकाले क्षतिको मात्रा बढ्ने
देखिन्छ । करिब ८३.५ प्रतिशत भूभाग पहाडी र हिमाली क्षेत्रले ओगटेको नेपालको भूबनोट विश्वमै कान्छो, कमजोर र उतारचढावयुक्त मानिन्छ, जुन पहिरोको मुख्य कारण पनि हो , पहाड अत्यन्त भिराला, अग्ला र नरम छन् । मनसुनको तीन महिनामै करिब १२ सयदेखि १५ सय मिलिमिटर पानी पर्दा पहाडले थेग्न सक्दैन र पहिरो जान्छ, नदीले समेट्न सक्तैन र बाढी आउँछ । पानीले माटोको भार बढाउनुका साथै माटोको कण–कणबीचको आकर्षण र घर्षण घटाइदिन्छ । यसले गर्दा भिरालोमा अडिन सक्ने माटोको क्षमतामा ह्रास भई पहिरो जाने गर्छ ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. रन्जनकुमार दाहालले विगत ५५ वर्षमा गएका पहिरो र वर्षाको मात्रा अध्ययन गरी निकालेको निष्कर्षअनुसार नेपालको पहाडी क्षेत्रमा २४ घन्टामा १४४ मिलिमिटर पानी प¥यो भने पहिरोको जोखिम उच्च हुन्छ । एकचोटि भाँचिएको हड्डी पछिसम्म कमजोर भएजस्तै भूकम्पले खल्बलिएको भूभाग पछिसम्म कमजोर हुन्छ । पाँच वर्षअघिको भूकम्पले गर्दा अझ केही वर्ष मध्यपहाडी क्षेत्र झन् पहिरोको जोखिममा छ । भूकम्पले धेरै ठाउँमा चिरा परेको हुन सक्छ, जहाँबाट पानी बिस्तारै जमिनभित्र गएर भिरालोलाई कमजोर बनाउँछ । यसैले सिन्धुपाल्चोक, गोर्खा, रसुवा, धादिङमा पहिरोको जोखिम उच्च हुन सक्छ । नेपालमा धेरैजसो पहिरो सडक र सिँचाइका लागि खनिएका नहर तथा कुलेसाको आसपासमा गएको देखिन्छ । प्राविधिक अध्ययनविनै जथाभावी सडक र कुलेसा खन्नु, अति जोखिम क्षेत्रमा समेत ठुल्ठूला मेसिन तथा विस्फोटक पदार्थको प्रयोग गरिनुले भूबनोटलाई खल्बल्याउँछ । पहिरो बढ्नुको पहिलो कारण यही हो । ०५२ सालयता पहिरोको संख्या दोब्बर भएको छ । स्थानीय निकायलाई एकमुष्ठ अनुदान दिन थालिएपछि बजेटको अधिकांश हिस्सा जथाभावी सडक खन्न प्रयोग गरिएकाले पहिरोको प्रकोप ह्वात्तै बढेको हो । बाटो खोल्ने नाममा जथाभावी पहाड खोस्रने काम भयो । स्थानीय तहका पदाधिकारीले किनेका एक्स्काभेटर कामविहीन नहोस् भन्ने सोचले बाटो खनाउने काम भइरहँदा राज्यकोषको दुरुपयोग मात्र भएको छैन, विकासको नाममा विनाशलाई चुलेनिम्तो दिने काम भइरहेको छ । खोलाको किनार, पहाडको फेद काटेर बाटो बनाउने र नदीको बहाव क्षेत्र साँघुरो बनाउने काम भएको छ । यस्तो भएपछि बाढीपहिरोको जोखिम त बढ्ने नै भयो यसलाई ‘डोजरे विकास’ भन्दा फरक नपर्ला । जता–जता सडकका रेखा कोरिँदै छ, त्यसको दायाँ–बायाँ पहरो खोलेर भए पनि घडेरी बनाई घर बनाउने प्रवृत्ति मध्य तथा उच्च पहाडी भेगमा बढ्दो छ । यसले गर्दा खल्बलिएको भूबनोट अझै खल्बलिने र पहिरो जाने सम्भावना बढ्दो छ ।

हाम्रो जस्तो मुलुकमा पहिरो तथा भूक्षयको रोकथाम सजिलो छैन । त्यसकारण जोखिमको स्तर र यसले पार्ने प्रभावको आधारमा जोखिम वर्गीकरण गरी बढी प्रभाव पर्ने ठाउँमा जोखिम घटाउने तयारी गरिराख्नुपर्छ । वर्षामा पर्न सक्ने पानीको मात्रा, भिरालोपन, धाँजाको गहिराइ, लम्बाइ तथा क्षेत्रफल, त्यहाँको माटो तथा चट्टानको प्रकार, रूख तथा साना वनस्पतिको घनत्व, वरपरका बस्ती तथा पूर्वाधार संरचनालगायत विषयलाई ध्यानमा राखी जोखिम वर्गीकरण गर्न सकिन्छ । धेरै ठाउँमा वर्षाको पानी बढ्दै जाँदा जोखिम बढ्ने हुन्छ । त्यस्ता ठाउँमा वर्षाको पानी कटाएर, अग्लो ठाउँबाट बगेर आउने भेललाई माथि नै कुलो खनेर तर्काएर चर्केको जमिनमा पस्न नदिई जोखिम कम गर्न सकिन्छ । अति जोखिमपूर्ण चर्केको जमिनलाई पालजस्ता सामग्रीले छोप्नुपर्ने हुन सक्छ । यस्तै भिरालोमा भेलको गति कम गर्न बाँस, स्याउला आदि । स्थानीय सामग्री प्रयोग गरी ‘चेक ड्याम’ (गति अवरोधक) बनाउन सकिन्छ । एकाध ठाउँमा धाँजा परेको छ भने त्यहाँ पानी पस्न नदिन वर्षाअगावै पानी नछिर्ने गरी धाँजा पुर्न सकिन्छ । अहिले हाम्रो देशमा कुनकुन नदीको बाहव बढदै छ? कहाँ डुबान हुन सक्छ भन्ने त दुई चार दिन अगाडि थाहा हुने कुरा हो । थाहा भएपछि त्यस्तो ठाउँका मानिसलाई अगाडि नै शतर्क गराउन सकिन्छ। नभए मनुसुन सुरु भएपछि त उनीहरुलाई सार्न सकिन्छ त्यसका लागि एकीकृत प्लान चाहिन्छ। जोखिम छ छैन भनेर खाली हेरेर मात्रै भन्दा पनि अध्ययन गरेर कम र बढी जोखिम भएको ठाउँ छुट्टाउनु पर्छ। त्यसो गरिएमा वर्षेनी हुने मानवीय क्षति कम गर्न सकिन्छ। मानिसहरु आफै पनि पहिला पहिरो गएको तथा जोखिम युक्त खोला किनारमा बस्छन् मान्छेले आफूसँग जे उपलब्ध छ, जस्तो स्रोतसाधन छ त्यही अनुसारको काम गर्छ । तर, यसलाई रोक्ने त राज्यले हो नि, काम राज्य को हो भन्दैमा नागरिक मा सचेतना चइन्दैन भन्ने मेरो भनाइ होइन तर यस्तो हुनुको केही कारण हुनसक्छन (अन्त जग्गा नहुनु, खोलाको बगरमा बसे कसैलाई पैसा तिर्नु नपर्ने) भने कोही ब्यापार व्यवसाय गर्न पनि त्यहाँ बसिरहेका छन्। विपदको काम भनेकै एउटा निकाय वा एकजना व्यक्ति वा सरकार एक्लैले गरेर हुने काम पनि होइन। यसमा सबै पक्षको ध्यान जानैपर्छ। नभए अहिलेको जस्तो विपद हुुँदै गर्छ ।

हाम्रो मुलुक प्राकृतिक प्रकोपको जोखिममा रहेको मुलुक हो । त्यसैले प्रकृतिसँग जुधेर होइन, प्रकृतिलाई बुझेर अगाडि बढ्नुपर्छ । हाम्रा विकासका रूप र शैली तदनुरूप हुनुपर्छ । हाम्रा क्रियाकलापले प्राकृतिक प्रकोपको प्रभावमा फरक ल्याउँछ । प्रकोपको प्रभाव न्यूनीकरण गर्न वैज्ञानिक तथा प्राविधिक उपायको भरपूर उपयोग गर्न सक्ने क्षमता हामीले विकसित गर्नुपर्छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार