गुल्मीको मदानेमा सलहले मकैवाली सखाप, किसानहरु द्वारा क्षतिपुर्ति माग ।

कमल राज पुरी २ श्रावण २०७७, शुक्रबार फोटो समाचार

गुल्मी । जिल्लाको केही ठाउँमा पछिल्लो समय प्रवेश गरेको सलह किराले मकैवालीमा ठूलो क्षति पु-याएको छ । यो समयमा धेरै ठाउमा मकै खेति गरिन्छ । यो बर्ष भन्दा पहिले मुसा, दुम्सी लगायत जँगली जनाबरले मकैमा क्षति पु-याउथे तर अहिले सलहले आएर सबै मकै खाएर सिख्रै बनाएको यस क्षेत्रका किसानहरुको गुनासो छ । पहिले आएको सलहले त्यति असर नगरेपनि असार ३० र ३१ गते आएको सलहको हुलले मदाने गाउँपालिका ३ सिर्सेनीमा सयौं रोपनिमा रहेको मकै बाली सलह किराले सखाप पारेको स्थानिय भरत चन्दले बताएका छन ।

मदाने ,मालिका लगायतका गाउपालिकाका किसानहरु सलह किरा बाट पिडित भएका छन । अब केही समयमा भित्र्याएर वर्षदिन खाने मकै सलहले खाएर सकेपछी किसानहरुमा ठूलो समस्या उत्पन्न भएको छ । सम्वन्धित निकाएले यो समस्या बुझेर पिडितलाई क्षतिपुर्ति दिनका लागि किसानहरुले माग गरेका छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार